यस वर्षको शैक्षिक सत्रबाट जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले नेपाली र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्न पाउने भएका छन् । जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले मूल विषय नेपाली र अङ्ग्रेजीमा स्नातकोत्तर (एम.ए) गर्न पाइने नीति लागू गरिएकाे हाे ।
त्रिभुवन विश्वविद्यालय, सामाजिक शास्त्र सङ्काय, नेपाली केन्द्रीय विभाग तथा अङ्ग्रेजी केन्द्रीय विभागले छुट्टाछुट्टै सूचना जारी गर्दै सो निर्णय गरिएकाे जनाएका छन् ।
नेपाली तथा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्न चाहने विद्यार्थीले त्रिविले सञ्चालन गर्ने प्रवेश परीक्षा भने उत्तिर्ण गर्नु पर्ने छ ।
पछिल्लो समय भाषा विज्ञानका विषय नेपाली र अङ्ग्रेजीमा स्नातकोत्तर गर्ने विद्यार्थीहरू घट्दै गइरहेकाे अवस्थामा त्रिविले विद्यार्थी बढाउने नीतिअनुरूप यस्ताे नीति अख्तियार गरेकाे बुझिएकाे छ । त्रिविकाे सम्बिन्धित विभागहरूले यस निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया पाइरहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।