कुमार नगरकोटीको संस्मरणात्मक कृति ‘जोगियाना’ सार्वजनिक भएको छ । लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीले जोगियाना प्रकाशनमा ल्याएका हुन् ।

पाटन दरबार स्क्वारमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा नगरकोटीले आधा दर्जन कविता र गीत सुनाएका थिए ।

संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपत्रिकामार्फत पाठकमाझ पुर्‍याउन सहयोग गरेका मित्रत्रय यज्ञश, दीपक सापकोटा र वसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गरेका हुन् ।

कार्यक्रममा दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने वसन्त बस्नेतले नगरकोटीको लेखनीबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नगरकोटीले आफ्नो किताबको साजसज्जा र डिजाइन गर्ने डिजाइनरद्वय सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेको प्रशंसा गर्दै पुस्तक उपहार दिएर सम्मान गरेका थिए ।

नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशनमा ल्याएकाे हाे ।