डा. केशव शर्मा

नेपाली भाषा र साहित्यलाई डायस्पोराको दोस्रो पुस्तामाझ पुर्याउने अभियानका साथ गठित अनेसास बालसाहित्य समितिको संयोजकमा डा. केशव शर्मा चयन भएका छन् । डा. शर्माको भागमा अब बालसाहित्यको क्षेत्रमा देखिएका सम्भावना र चुनौती पार गर्नुपर्नेछ ।

अस्ट्रेलियानिवासी डा. शर्माको समितिले आगामी दिनमा बालबालिकालाई नेपाली भाषा बोल्न, लेख्न तथा साहित्य सिर्जना गर्ने वातावरण मिलाउनेछ ।

यसैगरी यस समितिले बालबालिकाका रचना प्रकाशन र वितरणका लागि पुलको काम पनि गर्नेछ । अनेसास अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको बैठकले संयोजक चयनको निर्णय गरेको हो । समितिको कार्यकाल दुई वर्षको रहने छ ।