अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले आफ्ना दुई प्रकाशनका लागि नयाँ प्रधानसम्पादकहरू नियुक्त गरेको छ । आइतबार बसेको समाजको बैठकले ‘अन्तर्दृष्टि’ र ‘दर्पण’का लागि क्रमशः बेलुकाजी थापा र लालगोपाल सुवेदीलाई नियुक्त गरेको हो ।
यी दुई प्रकाशनमध्ये ‘अन्तर्दृष्टि’ छापा त्रैमासिक पत्रिका हो भने ‘दर्पण’ अनलाइन प्रकाशन हो ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाद्वारा राखिएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको थियो ।
यसअघि ‘अन्तर्दृष्टि’का प्रधानसम्पादक दीप पाठक थिए भने ‘दर्पण’का प्रधानसम्पादक लालगोपाल सुवेदी थिए । सुवेदी भने यस पटक पनि दोहोरिएका हुन् । दुवैको कार्यकाल दुई वर्षको रहने छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला