माधव पाेखरेल, सिलीगुडी । भारतकाे पश्चिम बङ्गाल राज्यस्थित सिलीगुडीकाे सालबारीमा नेपालका साहित्यकारहरूलाई सम्मान गरिएकाे छ । सालबारीस्थित शब्द समय नामक साहित्यिक अभियानकाे १२४ औँ प्रकरणमा आयोजित एक कार्यक्रमका बिच नेपालका उदयपुर, सुनसरी, माेरङ र झापाका साहित्यकारहरूलाई सम्मान गरिएकाे हाे ।

नेपालकाे उदयपुरबाट माधव पाेखरेल गाेज्याङ्ग्रे, सुनसरीबाट डमरूबल्लभ भण्डारी,  रमेन्द्र काेइराला, राधा सुवेदीलगायत सिलीगुडीमा सम्मानित भएका हुन् । यसैगरी, माेरङका नाटककार तथा कवि भरत गुरागाई बर्बरिक, गायत्री गुरागाईँ, प्रिन्स प्रमाेद ढकाल, चिरञ्जीवी काफ्ले, छत्र काफ्ले, शकुन्तला भण्डारी, पुष्पा नेपाल सुवेदी, शारदा भण्डारी दाहाल तथा झापाका खेमलाल पाेखरेल, गाेपाल सङ्ग्राैला, भगवती ढुङ्गेल, शेरबहादुर थापा, दीपक सुवेदीलगायत साहित्यकारहरूलाई सम्मान गरिएकाे हो ।

नेपाल तथा भारतका साहित्यकारहरू बिचमा सम्बन्ध जाेड्ने र एकापसमा साहित्यिक गतिविधिलाई अघि बढाएर नेपाली भाषा संस्कृतिलाई संरक्षण, संवर्द्धनका कार्यक्रम आयोजना गरिएकाे थियो । साथै, आउँदाे पुस्तालाई यसकाे आवश्यकता, महत्त्व र औचित्यका बारेमा जानकारी गराउने हेतुले नेपाली साहित्यकारहरूलाई बाेलाएर कार्यक्रम आयाेजना गरिएकाे आयोजकले जानकारी गराइएकाे थियाे ।

साे कार्यक्रममा सिलीगुडी सालबारी क्षेत्रका साहित्यकारहरूलाई नेपाली साहित्यकारहरूका तर्फबाट ज्ञानेन्द्र खतिवडा, टङ्क शर्मा, शैलेन्द्र समदर्शी, कालुसिंह रणपहेली, माेहन ठकुरीलगायतकालाई सम्मान गरिएकाे थियाे ।

दुबै देशका दुई दर्जन बढी कवि तथा कवयत्रीहरूले कविता, कथा, गजल, मुक्तक सुनाइएकाे साे कार्यक्रममा उतरबंग विश्विवद्यालयका नेपाली भाषा विभागका प्राध्यापक डा. संजय वान्तवाले विशेष मन्तव्यका क्रममा नेपाल र भारतबिचमा राेटीबेटीकाे सम्बन्ध मात्र नभएर रगतकाे नाता पनि रहेकाेले भाषा साहित्य, कला र संस्कृतिका क्षेत्रमा सम्बन्ध गासिनु पर्ने बताए ।

सन् १९५० पछि र सन् १९९० काे बिचकाे समयमा नेपाली भाषा साहित्यका हस्तीहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकाेटा, लेखनाथ, सिद्धिचरणलगायतले नेपाली भाषा साहित्य, कला तथा संस्कृतिकाे विकासमा ठुलाे याेगदान पुर्याएकाे वान्तवाले स्मरण गरेका थिए ।