माधव पाेखरेल, सिलीगुडी भारत । भारतकाे पश्चिम बङ्गालस्थित सिलीगुडीमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ ।

सिक्किम राज्यकाे गान्ताेकस्थित जनपक्ष प्रकाशनले प्रकाशित गरेकाे र गीताश्री शर्माद्वारा लिखित वर्षा कवितासङ्ग्रह र शर्माद्वारा सम्पादित नारी कविहरूकाे रम्बास कविताहरूकाे सङ्गालाे काव्याञ्जलिकाे सार्वजनिकीकरण कार्यक्रम र सम्बन्धित क्षेत्रका स्राेत व्यक्तिद्वारा विभिन्न विधामा वार्ता प्रस्तुति एवम् कविता वाचन कार्यक्रममा नेपालकाे उदयपुर, सुनसरी, माेरङ र झापाका डेढ दर्जन बढी कविहरूले कविता, गीत, गजल, मुक्तक सुनाएका हुन् ।

कार्यक्रममा नेपाल र भारतकाे आसाम, सिक्किम, पश्चिम बङ्गालका कवि साहित्यकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

भारतीय नेपाली वरिष्ठ साहित्यकार रुद्र पाैडेलकाे सभाध्यक्षतामा भएकाे साे कार्यक्रममा आयाेजक संस्था जनपक्ष प्रकाशनका तर्फबाट लेखिका कवि गीताश्री शर्माले स्वागत मन्तव्य दिँदै जनपक्ष प्रकाशनले पहिलाेचाेटि सिलीगुडीमा आयाेजना गरिएकाे बताउनु भयाे । कार्यक्रममा रम्बास कविताका बारेमा तीन वर्षकाे अवधिमा गरेका प्रगतिका बारेमा जानकारी गराइएकाे थियाे ।

पहिले चरणमा नेपालबाट गएका कविहरू माधव पाेखरेल गाेज्याङ्ग्रे, प्रिन्स प्रमाेद ढकाल, गाेपाल सङ्ग्राैला, गायत्री गुरागाँई, डमरु बल्लभ भण्डारी, सिर्जना नेपाल, पुष्पा नेपाल, रमेन्द्र काेइरालाले कविता वाचन गरेका थिए । त्यसपछि सिलीगुडीका पत्रकार विशु क्षेत्रीले भारतीय नेपाली पत्रकारिता सम्बन्धि मन्तव्य दिनु भएकाे थियाे ।

कविता वाचनकाे दाेस्रो प्रकरणमा भारतकाे असमका कविहरू कल्पना क्षेत्री, कुञ्जादेवी, इन्दिरा खड्का, रुक्मिनी शर्मा, हिरन्य आचार्य, गिरीधारी उपाध्यायलगायतका कविहरूले कविता वाचन गरेका थिए ।

तेस्राे प्रकरणमा पुनः नेपालका कविहरू प्रिन्स प्रमाेद ढकाल, शकुन्तला मन्जरी, छत्र काफ्ले, चिरञ्जीवी काफ्ले, शारदा दाहाल भण्डारी, भगवती ढुङ्गेल, खेमलाल पाेखरेल, राधा सुवेदी,  अजिव आचार्यलगायतका कविहरूले कविता वाचन गरेका थिए ।

त्यसपछि गीताश्री शर्माद्वारा लिखित कवितासङ्ग्रह वर्षा रम्बास कवितासङ्ग्रह काव्याञ्जलीकाे मिलन बाेहरा, पेम्बा शेर्पा, दिपक सुवेदी, शुष्मा शर्मा, पुन्यप्रसाद शर्मा र गीताश्री शर्माद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएकाे थियाे । सार्वजनिक भएकाे रम्बास कवितासङ्ग्रहकाे समीक्षा नेपालका समालाेचक दिपक सुवेदीले र वर्षा कवितासङ्ग्रहकाे समीक्षा नेपालकै नाटककार भरत गुरागाईँ बर्बरिकले गर्नुभएकाे थियाे ।

दुवै पुस्तककाे समीक्षा लिलबहादुर सुनारले गर्नुभएकाे थियाे ।

कार्यक्रममा रम्बास कविताका जन्मदाता तथा प्रणेता भारतकाे आसामका मिलन बाेहराले रम्बास कविताकाे परिचयका साथै यसकाे निर्माण संरचनाका बारेमा चर्चा गर्नु भएकाे थियाे । साे अवसरमा भारतकाे सिक्किम, दार्जिलिङ, सिलीगुडी र डुवर्सका कविहरु अप्सरा दाहाल, विचन्द्र प्रधान, काटुक डेङजाेङपा, निमा तामाङ, विमल खतिवडा र पर्शुराम ढकाललगायतले रचना वाचन गर्नुभएकाे थियो ।