विश्व नेपाली साहित्य महासङ्घ, ललितपुर शाखाले लगनखेलको बुद्धि विकास मण्डल (पुस्तकालय) मा सदस्यहरूलाई प्रमाणपत्र, परिचय पत्र वितरण तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि विश्व कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवसले कविहरूले आफ्नो स्तर आफैँ कायम गर्नुपर्ने धारणा राखेँ । उनले भने, ‘सस्तो लहरबाजीमा कविताको बेइज्जत हुने क्रियाकलाप गर्नु हुँदैन ।’ उनले आफ्नो कवितासमेत वाचन गरे ।
उक्त अवसरमा संस्थाका सल्लाहकार कवि मणिराज सिंहले साहित्यिक संस्था चलाउन निकै गाह्रो भएकाे बताए । सबै स्रष्टाले सदस्य बनी संस्थालाई अघि बढाउन सहयोग गर्न अनुरोध गर्दै उनले आफ्नो कविता वाचन गरे ।
संस्थाका अध्यक्ष बुद्धिमान महर्जनले सबैलाई संस्थामा आबद्ध भएर सक्रियता जनाउन अनुरोध गर्दै भविष्यमा संस्थाले साहित्यकारहरूको सहयोगमा एक कोषको स्थापना गर्ने र मासिक रूपमा कार्यक्रम गर्दै जाने जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ कवि रामनाथ अधिकारी सङ्गी ( पोखरा), उषा केसी, राजेशमान केसी, देवकी खतिवडा, कृष्णबहादुर विष्ट, निर्जला मिश्र, सुनिता अधिकरी, रूबिना राना, लक्ष्मीदास मुस्कान, लीलाराज दाहाल, सुजता अर्याल, युनिसा पोखरेल, जनार्दन रिजाल, यमुना प्रधानाङ्ग, जुमन किरण, सुधा मिश्र, बृजेनदेवराज सिं, पदमबहादुर, दिपक, एलिशा ब्रजचार्य, सनोज श्रेष्ठ, विभरा किराँतीलगायतले आआफ्नो कविता वाचनद्वारा कार्यक्रममा सक्रिय सभागिता जनाए ।
सो अवसरमा बुद्धिमान महर्जन, मणिराज सिंह, सुधा मिश्र, जुमन किरण, रूविना राना, सुनिता अधिकारी, कृष्णबहादुर विष्ट, चीनीमाया माझी, विनोद बन्जारा, पदमबहादुर डागरलाई प्रमुख अतिथि विश्व कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवसले सदस्यता प्रमाण पत्र र परिचय पत्र वितरण गरी सम्मान गरे ।
कार्यक्रम सञ्चालन महासचिव सुधा मिश्रले गरेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।