लेखक मोहन मैनालीको ऐतिहासिक दस्तावेज समेटिएकाे पुस्तक ‘मुकाम रणमैदान: नेपाल अङ्ग्रेज युद्धको बखान’ बजारमा आएको छ।

१८७१-७२ सालको नेपाल-अङ्ग्रेज युद्धमा नेपाली र अङ्ग्रेज सिपाही तथा कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरू समेटिएकाे पुस्तक हालै प्रकाशनमा आएकाे हाे ।

यो किताब लेख्न मैनालीले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका असंख्य कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत अनि संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फिचर लेखकको कला उपयोग गरेका छन्।

बुकहिलले प्रकाशन गरेको पुस्तकको हार्ड कभर मूल्य रुपैयाँ ९९९ र पेपरब्याकको मूल्य रुपैयाँ ७०० रहेको छ।