भेषराज बुढाथोकी । बालबाटिका स्कुलका सञ्चालक तथा गायक रोशन सिंहले आफ्नो सिर्जनामा मौलिक गीत ‘मेरी मायालु’ बजारमा ल्याएका छन् ।

युवापुस्ताको प्रेम प्रतिको झुकाव, लगाव र धारणालाई प्रस्तुत गर्न खोजिएको ‘मेरी मायालु’ बोलको गीतमा रोशन सिंहको शब्द, उनकै संगीत र स्वर रहेको छ ।

यो गीतको एरेञ्ज संगीतकार विश्व अधिकारीले गरेका छन् । राहुल श्रेष्ठ र ज्योती खड्काको काष्टिङ रहेको गीतको भिडियो त्रिलोक लामाले खिचेका हुन् भने लामाकै सम्पादन रहेको छ ।

रोशन सिंहले यो भन्दा पहिले विभिन्न ‘कभर गीत’मा आफ्नो स्वर भर्दै आएका थिए । गीतको म्युजिक भिडियो समेत आफैँले निर्देशन गरेका सिंहको ‘मेरी मायालु’ बोलको यो गीत एक कार्यक्रमका बिच आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।