साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक तथा समाजसेवी र एकअधिकारवादी दुर्गा भवानी भट्टकृत कवितासङ्ग्रह “कञ्चन उत्सव” प्राप्त भएको  छ ।

लेखक तथा समाजसेवी र एकअधिकारवादी दुर्गा भवानी भट्टकृत कवितासङ्ग्रह हो – “कञ्चन उत्सव” ।

६६ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘जान्न जान्न भन्दै थिएँ’, ‘एउटा चिठी’, ‘खै, केले, कसरी छुन्छ मन’, ‘कालापानी दुख्छ’, ‘बिर्सी देऊ’, ‘सुन्दरता’, ‘मनको साइनो’, ‘तिम्रो यादमा डुबेका घामहरू’, ‘आमाको उत्तर’ लगायत ४७ थान कविता समावेश छन् ।

कञ्चन उत्सव

कञ्चन उत्सव

“कवितामा कविले मानव जीवनका हरेक पाटो वर्णन गरेको पाउँछौँ । प्रकृति प्रेम, राष्ट्र प्रेम, आमा प्रतिको माया ममता स्नेह, प्रेमले भरिएको स्पर्श हाँसो, खुसी, पीडा, उन्माद सबै उमेरमा भोगेका कुराको सुन्दर रूपमा प्रस्तुत गर्ने काम यसले गर्छ । मनमा तरङ्ग पैदा गर्ने क्षमता हुन्छ ।” भूमिकामा ममता मृदुल लेख्छिन्, “समाजका विकृति विसङ्गतिलाई सूक्ष्म रूपमा देखाउन सक्नु यसको विशेषता पनि हो । कवितामा विदेशमा रहँदा आमाको मृत्यु भएको अवस्थामा आफू नरहेको पीडा छरपस्ट छरिएका छन् ।”

डा. रेणुका सोलु लेख्छिन्, “ कृतिभित्र रहेका कतिपय कवितामा सामाजिक एवम् लैङ्गिक विभेदको प्रसङ्ग उठान गरिएको छ भने कतै बिछोडको पल सामना गर्दाको पिडाबोध पनि गरिएको छ । कवितामा कतै प्रेमको वर्षा बर्साइएको छ भने कतै आमाको वियोगमा भक्कानिएको मन र पीडा छ । विश्वासमा खडेरी उजाडिएर धोकाले बजार तर्साएको विषय समातिएको छ । यहाँ कतिपय कवितामा जन्मभूमिको सुवास मगमगाएको छ अनि देशप्रति दायित्वबोध साथै राष्ट्रभक्तले ओतप्रोत भाव अभिव्यक्त भएको छ ।”