नेपाल सम्बत्को नयाँ वर्षको दिन उत्सवको दिन त हो नै । यो दिन संस्कृति जुरमुराउनुको साथसाथै नेपालभाषा जगतको साहित्यिक तथा सांगीतिक चलहपहल हुने विशेष दिन पनि हो । झण्डै आधा शताब्दी अघिदेखि यो दिनमा पुस्तक, पत्रिका (विशेषाङ्क) र गीति क्यासेट, सीडी विमोचन हुने गरेको छ ।
अहिले भने यूट्यूबमा चलचित्र र म्यूजिक भिडिओ पनि यसै दिन पारेर प्रिमियर गर्ने चलन बढेको छ । यसै सिलसिलमा यो साल गायक जुजुकाजी रञ्जितको ‘छंगु म्हगः गुलि बांलाः’ विशेष उल्लेखनीय रहेको छ । सो गीतको भिजुअल म्हपुजाकै बिहान प्रिमियर भएको थियो ।
यो भिडिओ यूट्यूबमा हेर्न सकिन्छ ।
लोक भाकामा आधारित कवि आर. मानन्धरको शब्द रचना ‘छंगु म्हगः गुलि बांलाः’ गीत आजभन्दा लगभग २५ वर्षअघि नै एफ. एम. कार्यक्रमहरूमार्फत नेवार समुदायमा व्यापक लोकप्रिय भइसकेको गीत हो । लोकनृत्यलाई मिल्दो ताल भएकाले पनि कार्यक्रमहरूमा यस गीतमा धेरै कलाकारहरूले नृत्य प्रस्तुत गरिसकेका छन् । भिजुअलसहित फेरि यूट्यूबमा हेर्न पाउँदा यसले पुनः एकपटक ती दिन सम्झाएको छ ।
अर्गानिक किसिमको क्लासिकल प्रेमकथा रहेको यस गीतको भिजुअल उपत्यकाको रमणीय ग्रामीण परिदृश्य खोकनामा छायाङ्कन गरिएको हो । भरखरै जवानीमा कदम राखेका निर्दोष प्रेमी प्रेमिकाको भूमिका रहेको यो भिजुअलमा राष्ट्रिका शाक्य र सुदीप भजूको स्वाभाविक अभिनय रहेको छ । साना भूमिकामा रहेका अन्य कलाकारको अभिनय पनि उत्तिकै प्रभावशाली छ । मगन इन्टरटेन्मेन्टबाट निर्माण भएको सो भिडियो रजिन महर्जनको निर्देशनमा सम्पन्न भएको हो ।
हाल यस भिडिओले दैनिक हजारौं भ्यूज पाइरहेको छ । अहिले यूट्यूबमा नेपालभाषाका नयाँ र पुराना हजारौं गीत सुन्न पाइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।