२०८० सालको ‘रुक्मणिराज शिवाकोटी स्रष्टा सम्मान’ साहित्यकार वसन्त श्रेष्ठलाई प्रदान गरिने भएकाे छ । हरेक वर्ष एक स्रष्टालाई प्रदान गरिने यो सम्मान अमेरिकालाई कर्मभूमि बनाएका साहित्यकार श्रेष्ठलाई प्रदान गरिने भएको हो ।
त्यस्तै, ‘रुक्मणिराज स्मृति सम्मान’ विनोद दीक्षितलाई मरणोपरान्त प्रदान गरिने भएको छ । सम्मानित श्रेष्ठ तथा दीक्षितको “ज्ञानगुनका कुरा विशेषाङ्क”समेत प्रकाशित गरी सोही दिन विमोचन गरिने छ ।
समाजसेवी रुक्मणिराज शिवाकोटीको सम्झनामा ज्ञानगुन साहित्य प्रतिष्ठानका अध्यक्ष र परिवारजनद्वारा गत वर्ष यी दुवै सम्मानको स्थापना गरिएको थियो ।
गत वर्ष पहिलोपल्ट स्रष्टा सम्मान साहित्यकार गोविन्द गिरी प्रेरणालाई तथा स्मृति सम्मान पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला