‘रमेश विकल साहित्य प्रतिष्ठान’ले २०८० मा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । १५ औँ रमेश विकल स्मृति सभाका अवसरमा पुरस्कार समर्पण गर्ने गरी प्रतिष्ठानले विभिन्न पुरस्कारहरूको घोषणा गरेकाे हाे ।

घोषणाअनुसार यस वर्षको ‘रमेश विकल वाङ्मय पुरस्कार’ प्रा.डा वासुदेव त्रिपाठीलाई अर्पण गरिने भएकाे छ भने ‘रमेश विकल-सुशीला समाजसेवा पुरस्कार’ परोपकार संस्था, काठमाडौँलाई अर्पण गर्ने निर्णय भएकाे छ ।

यसैगरी, ‘रमेश विकल सृजना पुरस्कार’ माधव काफ्ले (रौतहट), ‘रमेश विकल बालसाहित्य पुरस्कार’ रामबाबु सुवेदी (कास्की), ‘रमेश विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार’ सत्यदेवी खड्का (दैलेख) र ‘रमेश विकल कला-सङ्गीत पुरस्कार’ सुवास गजुरेल (धनुषा) लाई प्रदान गरिने भएकाे छ ।

सबै पुरस्कार १५ औँ रमेश विकल स्मृति सभाका अवसरमा आगामी पुस ७ गते कोशी फुडल्याण्ड, आरुबारीमा विशेष समारोहका बिच अर्पण गरिनेछ ।