विराटनगरमा नारी स्रष्टा समाजको संयोजनमा स्रष्टा सम्मान समारोह सम्पन्न भएकाे छ । समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षता, प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य र पूर्व सांसद तथा संस्कृतिकर्मी खेम नेपालीको विशेष आतिथ्यमा सम्मान समारोह सम्पन्न भएकाे हो ।

समारोहमा मोहनलता विशिष्ट स्रष्टा सम्मानबाट विमल वैद्य तथा वर्ष पुस्तक सम्मानबाट ‘चोभार ब्लुज’का लागि निकथाकार बिक्रमभक्त जोशीलाई प्रदान गरिएकाे छ ।

त्यस्तै, कविराज स्रष्टा सम्मानबाट कवि तथा निबन्धकार श्रीबाबु कार्की उदास, राजेन्द्र हेमलता स्रष्टा सम्मानबाट आरती पोखरेल अनु र कोशी प्रदेश लघुकथा सम्मानबाट मनिष शर्मा समित सम्मानित भएका छन् ।