प्रगतिशील लेखक सङ्घ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको “युद्धप्रसाद मिश्र स्मृति सम्मान – २०८०” बाट युवा कवि पुरुषोत्तम आचार्यलाई सम्मानित गरिने भएको छ ।

मकवानपुरलाई कर्म थलो बनाई अनवरत रुपमा प्रगतिवादी धारका कविता लेखनमा सक्रिय कवि पुरुषोत्तम आचार्यका हालसम्म भोको मझेरी (मुक्तकसंग्रह २०६८), मुटु र गीतहरू (गीत संग्रह २०७०), Roaring flames (संयुक्त कविता संग्रह- २०७७), छैनौँ कसोरी तिमी (ऊर्जाकाव्य २०७९), जूनेली (खण्डकाव्य, २०८०) गरी ५ कृतिहरू प्रकाशित भैसकेका छन् । साथै, उहाँले आफ्नै शब्द सङ्‍गीत र आवाजमा केही गीत गजलहरू स्वराङ्‍कन समेत गर्नुभएको छ ।

अग्रज हास्य व्यङ्ग्यकार आदरणीय आर.सी. रिजालले स्थापना गर्नुभएको २२ हजार २ सय २२ रूपैयाँ राशिको युद्ध प्रसाद स्मृति सम्मानबाट यसअघि डा. पशुपतिनाथ तिमल्सिना र गायक रामेश श्रेष्ठ सम्मानित भैसक्नु भएको प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।