जीवन लामा, दोलखा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती समारोह एक कार्यक्रमका बीच सम्पन्न भएको छ । नेपाली साहित्य जगतमा देवकोटाले पुर्याएको योगदानको चर्चा परिचर्चा गरिएको छ ।

दोलखा संस्कृति प्रतिष्ठानको आयोजनामा गरिएको रचना वाचन तथा अन्रक्रियामा दोलखाली स्रष्टाहरुले कविता, गजल, मुक्तक वाचन गरिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष सुशीला शर्मा, सदस्य सचिव सुन्दर खड्का, सर्जक तथा साहित्यकारहरु जीत कार्की, जीवन लामा, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद सुब्बा श्रेष्ठ, बालकृष्ण थपलिया, तारा तामाङ, हरिनारायण श्रेष्ठ, आयुष थपलिया लगायतले रचना वाचन गर्नुभएको थियो । महाकविको व्यक्तित्व तथा कृतित्वमाथि नेपाली भाषा शिक्षक समाजकी उपाध्यक्ष समीरा बस्नेतले प्रकाश पार्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठको अध्यक्षतामा महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा तथा स्मरण गर्दै पुष्ष गुच्छा तथा माल्यार्पण गरी कार्यक्रम सम्पन्न भएको छ ।