
पनौती । महानन्द सापकोटा प्रतिष्ठान, काभ्रेले एक कार्यक्रमको आयोजना गरेर महाकविलाई स्मरण गरेको छ । काभ्रेको पनौतीमा आयोजना गरेको साहित्यिक कार्यक्रममा हरि मन्जुश्रीले प्रमुख आतिथ्य ग्रहण गर्दै तिहार, लक्ष्मीपूजा, लक्ष्मीजयन्ती र महानन्द सापकोटाका विषयमा केही तथ्यहरू प्रस्तुत गर्नु भयो।
यस प्रतिष्ठानका अध्यक्ष तथा हिमाल आरोही प्रथम नेपाली साहित्यकार लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु सूर्यप्रसाद लाकोजु, केशब थापा र तुईकाजी ताम्राकारले महाकवि र उनको कृतित्व तथा व्यक्तित्वको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा दिपक थापा, प्रदिप सापकोटा, शुभद्रा दाहाल, रमेश अधिकारी , तुइकाजी ताम्राकार लगायतले कविता वाचन गरेका थिए ।
सोही कार्यक्रममा प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाको हिमाल आरोहण गर्दाको भिडियो प्रदर्शनी समेत गरिएको उक्त कार्यक्रमको सन्चालन सस्थाका महासचिव प्रदिप सापकोटाले गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

