भक्तपुर । तिहार, नेपाल सम्वत् ११४४ (नयाँ वर्ष) र छठ पर्वको अवसरमा भक्तपुरमा स्रष्टाहरुबीच भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको आयोजना एभरेष्ट इ. स्कूल, भक्तपुर सांगीतिक समाज, भक्तपुर एफ.एम र सिर्जना अभियान समाजले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीले विविध विधका स्रष्टाहरुबीच अनौपचारिक भेटले परिचय विस्तार र सम्पर्कलाई सार्थक तुल्याउने बताउनुभयो ।
गीतकार सुवासचन्द्र ढुङ्गेलले मिटरव्याजीहरुको जगजगी भएको अवस्थामा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाले ऋण मोचन गरेर देखाएको उदारता स्मरणीय भएको बताउनुभयो ।
एभरेष्ट स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयलाई विविध विषयका ज्ञान सिकाइको केन्द्र बनाउन खोजेको बताउनुभयो । गायक प्रवीण शाहीले गीतसंगीतको हाम्रो परमपरालाई सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो ।
अभियानका अध्यक्ष धनमान श्रेष्ठले शुभकामना व्यक्त गर्दै भेटघाटले स्रष्टाहरुलाई नयाँ उर्जा दिनेछ भन्नुभयो ।
कार्यक्रममा स्रष्टाहरु त्रिविक्रम पाण्डे, राजेशमान केसी, राजेन्द्र चित्रकार, निर्मला बराल, सुरेन्द्रलाल भुजू , मनीषकुमार शर्मा, बन्दना घिमिरे, अल्वर्ट बज्राचार्य, लक्ष्मी बैद्य, टीका श्रेष्ठ, शमशेरबहादुर न्हुच्छेप्रधान, हरिकृष्ण बखुन्छे, केशव रुपाखेती, पूर्णप्रसाद ह्योजू , हिमलाल श्रेष्ठ, लक्ष्मीचन्द्र बज्राचार्य, रोशन धौभडेल, रामहरि ताम्राकार र विनोदराज ढुंगेल लगायत विविध विधाका स्रष्टाहरुले सहभागिता जनाएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।