साहित्यकार महेश पाैड्याल अमेरिकाकाे न्यु ह्यामसायर प्रान्तकाे कन्काेर्डमा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू ह्याम्ससायर च्याप्टरले ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा आयाेजना गरेकाे एक भव्य कार्यक्रममा साहित्यकार पाैड्याल सम्मानित भएका हुन् ।
कार्यक्रममा प्रमुख अथितिको रूपमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष्य गोर्वधन पूजा रहेका थिए । त्यसैगरी सभापतिको रुपमा न्यू ह्याम्ससायर च्याप्टरकी अध्यक्ष हरिमाया अधिकारी तथा विशिष्ट अथितिको रूपमा साहित्यकार महेश पौड्याल रहेका थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जिवनीबारे साहित्यकार रामचन्द्र भण्डारीले बोल्नुभएको थियो । यसै कार्यक्रममा साहित्यकारतथा गीतकार अनु शाहलाई नगदसहित सम्मानित गरिएकाे थियाे । कार्यक्रममा हरिमाया अधिकारीको नेतृत्वमा भर्खरै चयन भएको नयाँ कार्य समितिको शपथ कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रममा साहित्यकारहरूले रचना वाचन गर्नुका साथै कलाकारद्वय हरिमाया अधिकारी र सागर खतिवडाले देउसी भैलोको गीतको प्रस्तुति दिएका थिए ।
सम्मानित स्रष्टा महेश पौड्यालले लक्ष्मीप्रसाद देवकोटाको चिन्तन सुरुबाट नै समावेशी तथा वैष्विक रहेको टिप्पणी गरे । साथै उनले लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको अनुवाद, अन्तराष्ट्रियकरण र बाल साहित्यको व्यवसायिक वृद्धिमा पहिलो पटक सार्थक पहल गरेको बताए ।
यो कार्यक्रमको संयोजन अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू ह्याम्ससायर च्याप्टरका प्रधान सम्पादक कवि इश्वरी भट्टले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष्य गोर्वधन पूजाले अनेसास नेपाली साहित्यको अन्तर्राष्ट्रय बिस्तारको लागि सदैव कटिबद्ध रहेको बताए ।
कविहरू ईश्वरी भट्ट तथा गाेपाल भण्डारीका एक एक कविता सङ्ग्रह पनि यसै कार्यक्रममा सार्वजनिक गरिएकाे थियाे । कार्यक्रममा दीपा राई पुन, बटुकप्रसाद न्याैपाने, नन्द शर्मा, अनु शाह आदिले रचना वाचन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।