
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीद्वारा ह्वाइट माउन्टेन स्कुल टोखामा आयोजित एक कार्यक्रममा देवकोटासम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरिएको छ ।
साहित्यकार योगेन्द्र तिमिल्सिनाले सो कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने प्रा. नारायणप्रसाद कट्टेल विशेष अतिथि हुनुहुन्थ्यो । समाजका सचिव भोला प्रेमीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा समालोचक प्रा. गङ्गाधर कट्टेलबाट देवकोटा बारे समीक्षामक प्रस्तुती भएको थियो भने प्रा. नारायणप्रसाद कट्टेल, भोला प्रेमी, तिलक शर्मा पौडेल तथा शुभम् श्रेष्ठले देवकोटा सम्बन्धी प्रवचन गर्नु भएको थियो ।
त्यसैगरी, प्रा. नारायण प्रसाद कट्टेल, तोया गौतम, आनन्द पौड्रयाल, भोला प्रेमी आदि कविहरुले कविता समेत वाचन गर्नु भएको थियो । अन्त्यमा, समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

