
ज्याेति साहित्य प्रतिष्ठानले आयाेजना गरेकाे कथाकार कल्पना पाैडेल “जिज्ञासु”काे कचहरी कथा सङ्ग्रहकाे विमर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहकाे अध्यक्षता र विश्व कवि तथा संस्कृतिविद् तुलसी दिवसकाे प्रमुख आतिथ्यतामा बुद्धि विकास मण्डल पुस्तकालय, लगनखेलमा सम्पन्न भएकाे हो ।
विशिष्ट अतिथिका रूपमा साहित्यकारहरू शैलेन्द्र साकर, कृष्ण प्रधान तथा विजय हितानकाे विशेष उपस्थिति रहेकाे कार्यक्रममा विनेसाम भक्तपुर शाखाकी अध्यक्ष रेणु घिमिरेले स्वागत मन्तव्य राख्नुका साथै कथाकारकाे व्याक्तित्व र कृतित्वका बारेका प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रममा मुख्य वक्ता प्रा.डा. लेखप्रसाद निराैला, वक्ता प्राडा. सावित्रा श्रेष्ठ, समीक्षक कृष्ण प्रधान, साहित्यकार मनु बिकले कथासङ्ग्रहमा समेटिएका १५ वटै कथाहरुले सामाजिक यथार्थलाई औँल्याउन सफल भएकाे बताउनु भयो । गरिबी तथा अभावका कारण महिलाहरू वैदेशिक राेजगारमा जाँदा भाेग्नुपरेका समस्या, बृद्ध अवस्थामा भाेग्नु परेका समस्या, पहिलाकाे न्याय प्रर्णाली र वर्तमान न्याय प्रणालीका समस्याहरुलाई कथाहरूमा राम्रोसँग उठाइएकाे उहाँहरूकाे मत थियो ।
साथै, सोही कार्यक्रममा कथाकार कल्पना पाैडेल जिज्ञासुलाई ज्याेति साहित्य प्रतिष्ठानले “ज्याेति स्रष्टा सम्मान”द्वारा सम्मानितसमेत गरेकाे छ । प्रमुख अतिथि तुलसी दिवस र प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहद्वारा माला खदा र प्रमाणपत्रद्वारा उहाँकाे सम्मान गरिएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

