तेइसौँ पिपुल थिएटर फेस्टिवलमा सहभागी हुन नेपाली टोली भारतको उडिसा प्रस्थान गरेको छ । पुरु लम्सालको लेखन तथा निर्देशनमा रहेको नाटक ‘अभिनन्द’ मञ्चन गर्न नेपाली टोली उडिसा प्रस्थान गरेको हो ।

कलाकारहरू जितेन्द्र सिंह ठकुरी, सविना गोपाली, आकाश अधिकारी, सागर कार्की, रबिन तामाङ, उषा केसी र कवि सरस्वती तिम्सिना नेपालको प्रतिनिधित्व गर्दै नाटक मञ्चनका लागि भारतको उडिसा प्रस्थान गरेका हुन् ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, आदि इत्यादि र ओजश थिएटरको समन्वयन र मोहन बतास फाउन्डेसनको सहयोगमा महिला अधिकारसम्बन्धी नाटक अभिनन्द नाटक मञ्चन गरिने नेपाली टोलीका संयोजक पुरु लम्सालले जानकारी दिए ।

तेइसौँ पिपुल थिएटर फेस्टिवल कार्तिक ९ गतेदेखि २८ गतेसम्म थिएटर भिलेज, उडिसा भारतमा सञ्चालन हुनेछ ।