नोर्थ क्यारोलिना, अमेरिकास्थित मारिसभिल सहरमा अमेरिकी नागरिक डा. बर्बरा निम्री अजिजद्वारा लिखित पुस्तक “जस्टिस स्टोरिज’’को विमोचन कार्यक्रम सम्पन्न भएकाे छ । सांग्रिला प्रकाशक नेपालद्वारा प्रकाशित पुस्तकको विमोचन नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाकस टिन काउन्सिलका सदस्यहरूले गरेका हुन् ।

एक विशेष कार्यक्रमका बिच नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाकस टिन काउन्सिलका सदस्यहरू आयुग पौडेल, सुधांशु निभा कुँवर, सेजल घिमिरे, श्रीया कुँवरले संयुक्त रूपमा पुस्तकको विमोचन गरे |

उक्त पुस्तक १३ देखि १५ वर्षका बालबालिकाहरूका लागि लेखिएको हो । पुस्तक नेपालका दुई महिला योगमाया र दुर्गादेवी घिमिरेको जीवनमा आधारित छ ।

साहित्यकार, अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूको बाक्लो उपस्थितिबिच सम्पन्न उक्त समारोहमा समाजसेवी श्री इश्वर देवकोटा, वरिष्ठ आख्यानकार डा. नीलम कार्की निहारिका, साहित्यकार डा. ऋषी बास्ताकोटी, एनसीएनसीका अध्यक्ष राम ‘आर पी’ पौडेल, साहित्यकार डा. हरिहर भट्टराई, डा. भास्कर कुँवर तथा डा. सुस्मा प्रधानद्वारा वर्तमान नेपालको परिपेक्ष्यमा यस्ता बालपुस्तकको महत्त्व, पुस्तकमा बालबालिकाको पहुँच, पुस्तकालय स्थापनामा जोड, पठन संस्कृतिको विकास र अभिभावकले खेल्नु पर्ने भूमिका आदि बारेमा प्रकाश पार्नुभएको थियो ।

विमोचनपछि लेखक डा. बार्बरा निम्रीसँग अन्तर्क्रिया कार्यक्रम रहेको थियो । बालबालिकालगायत अभिभावकहरूले निम्रीसामु जिज्ञासा राखेका थिए ।

कार्यक्रम क्यारोलिना नेपाली साहित्य समाजका वर्तमान अध्यक्ष शिशिर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।