
ललितपुर । लघुकथाको विकास एवं विस्तारको लागि फेसबुक पेजमा सञ्चालित नेपालभाषा चिबाखं साहितय समूहले कार्तिक १८ गते शनिबार कोपुण्डोलस्थित सातोआकी भवनमा स्रष्टाहरुबीच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
अनौपचारिक रुपमा संचालित सो कार्यक्रममा स्रष्टाहरु बीच लघुकथा लेखन र त्यसका विविध पक्षमाथि विमर्श पनि गरिएको थियो । कार्यक्रममा वरिष्ठ स्रष्टा धु्र्रव मधिकर्मीले चुनौतीपूर्ण बन्दै गइरहेको लघुकथा लेखनमा गम्भीरता आवश्यक रहेको भन्दै स्रष्टाहरु बीच यसप्रकारको भेला र विमर्शले लेखनमा उर्जा प्राप्त हुने बताउनुभयो ।
समूहका संयोजक नरेश अमात्यले फेसबुक संजालको माध्यमबाट लघुकथाको विकासका लागि केकस्ता कार्य गर्न सकिन्छ भन्ने बारे महत्त्वपूर्ण सुझाव आएको बताउनुभयो ।
समूहका सदस्य रीता महर्जनले कार्यक्रममा नयाँ पुराना सबैजसो स्रष्टाहरुको सहभागिताले एकआपसलाई चिन्ने र बुझ्ने अवसर मिलेको बताउनुभयो ।
कार्यक्रमममा तुलसी साय्मी, नवीना श्रेष्ठ, मनोजराज कायस्थ, पौभा साय्मी, शान्ता शाक्य, राजा बज्राचार्य, शान्तराज शाक्यले शुभकामना तथा आफ्ना विचार राख्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरु भूषणप्रसाद श्रेष्ठ, केदार सितु , महेशमान डंगोल, दिब्या बज्राचार्य, विमल ताम्रकार, सुरेश प्रधान, तुयु पुं, सुधीर ख्वबि, विमलप्रभा बज्राचार्य, धर्म राजकर्णिकार, पूर्णिमा शाक्य, अन्जना ताम्रकार, रेणु श्रेष्ठ, राजेश्वरी राजोपाध्याय, रासा, सुरेन्द्रलाल भुजू विजयरत्न असंबरे, मीना बज्राचार्य, किशोर धुस: बलराम श्रेष्ठ र शाक्य मिलन लगायत साठी भन्दा विविध विधाका स्रष्टाहरुले सहभागिता जजाएका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

