झापाको बिर्तामोडमा फरक शैलीमा आयोजना हुँदै आएको कार्यक्रम “सप्तरङ्गी”को चौथो शृङ्खला यही कार्तिक २५ गते शनिबार हुने भएको छ । झापाली साहित्य समाजले विभिन्न विधाका ७ जना स्रष्टालाई समेटेर हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।
दीपावलीको अवसर पारेर २०७५ सालबाट हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम कोरोना कालमा स्थगित भएको थियो । स्थगित भएको कार्यक्रमलाई पुन: सुचारु गर्ने उदेश्यका साथ सप्तरङ्गीको चौथो शृङ्खला आयोजना गरिएको झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले जानकारी गराउनु भयो ।
सप्तरङ्गीको चौथो शृङ्खलामा पद्य कविता तर्फ कवि तुलसी प्रसाद भट्टराई र गद्य कवितातर्फ कवि डिजी शर्माको प्रस्तुति रहने भएको छ ।
त्यसैगरी, मुक्तकतर्फ मुक्तककार मदन भण्डारी र गीततर्फ आयुष घिमिरे रहनुहुने भएको छ । यता, स्वतन्त्र गजलमा गजलकार राज यात्री लम्साल र बहर गजलमा गजलकार दीप प्रदीपको प्रस्तुति सुन्न पाइने भएको छ ।
रचना वाचनसँगै कार्यक्रममा नृत्य प्रस्तुति समेत रहने छ । जसमा कलाकार साया सुवेदीको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।
बिर्तामोडस्थित साई पार्टी प्यालेसमा बिहान १०:३७ बजेबाट कार्यक्रम सुरु हुने जनाइएको छ । कार्यक्रममा साहित्यपोस्टसहित समय सञ्जाल, रेडियो भिजन र द रिचार्ज जोन मिडिया पार्टनरको रूपमा रहनेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।