टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक ३ गते बडा दशैँ विशेष टुक्का कविता लेखन अभियान श्रृङ्खला ९८ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विश्वभरिबाट १३६ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले हिन्दुहरूकाे महान चाड बडा दशैँ सम्बन्धि सामाजिक सचेतना मूलक तथा शुभकामना सम्बन्धी सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

टुक्का साहित्य समाजले चाडपर्व उत्सव समाराेहमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै बडा दशैँ २०८० काे अवसरमा संसारभरि रहनु भएका टुक्काकारहरू, साहित्य सर्जक तथा पाठकहरू लगायत सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

[१]
खुसी र शुभकामना साटेर मनाओैँ
महान् चाड याे बडा दशैँ भव्य बनाओैँ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
जता हेर्‍यो उतै अशान्ति देखिन्छ
मान्छेलाई मोल मोलाई बेचिन्छ।
✍️ डा.देवी पन्थी
बिराटनगर
[३]
घरमा ठुलाे चाड दशैँ आयाे
छाेराले नयाँ कपडा लगायाे ।
✍️ अरुणबहादुर खत्री ‘नदी’
काठमाडाैँ
[४]
नगरौँ   देखासिकी   गच्छे  अनुसार  मनाऔँ  पर्व,
दु:ख पीडा ग्लानी केही नहोस् दसैँ मान्दा होओस् गर्व।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[५]
बड़ा दशैँको रमझमले हाँसेको छ कतिको मन ,
रिस राग ईर्ष्या फालेर देखाउँ सबैले आफ्नोपन ।
✍️ राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ
[६]
दशैँमा टीका जमराको महत्व धेरै हुन्छ
बुबाआमा नहुँदा आशीर्वादले मन छुन्छ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[७]
सयपत्रीले बोकेको छ सन्देश, सयौँ पत्रहरू मिली बन्छ एक फूल
पारिवारिक प्रेमले झलमल्ल बनोस् याे देश, बिर्सेर सानातिना भूल ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर
[८]
सुख शान्ति र समृद्धिको कामना सबै आफन्त जनमा
मनका हर दुःख पिडा हटि जाओस् खुसी छाओस् मनमा।
✍️ पुष्पा राई
बादेल, खाेटाङ
[९]
दसैँमा मङ्गल नै मङ्गल होस् सबैतिर,
कसैलाई पनि नपरोस् है दुःख र पीर ।
✍️ भगवती दवाडी
झापा
[१०]
मितव्ययिपन  खर्चमा अपनाएर गरौँ
ऋणले होइन पर्व हर्ष उल्लासले भरौँ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[११]
पुर्खले दिएकाे संस्कार संस्कृति दशैँ हाे हाम्राे निधि ,
अन्याय अत्याचार विरूद्ध लड्न उत्साह भर्ने विधि ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[१२]
आमा हजूर हुँदा भरिलो थियो यो  घर,
मेला पर्व आउँदा हुन्थ्यो उज्यालो अधर।
✍️ सुरेशकुमार पाण्डे
दाङ १८
[१३]
दशैँको रौनक घरघरमा आयो,
सम्पूर्ण जनको मनमा  खुसी छायो ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१४]
दसैँ आयो हर्षोल्लास बोकेर,
नजाओस् थाप्लोमा ऋण झोसेर ।
✍️ म्यामराज राई
भोजपुर
[१५]
विजया दशमीकाे आगमनले जागुन खुसीको भावना
सुख शान्ति र समृद्धिकाे लागि छ सबैलाई शुभकामना ।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१६]
विदेशमा छ युद्ध आगो नबस छुटेर
दसैँको पर्व मनाऔँ आऊ सम्पूर्ण जुटेर।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[१७]
वर्ष दिनको चाड आयो, खुसियाली छायो
परदेशीले  विरहको   गीत  मात्रै  गायो ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौँ
[१८]
महान् पर्व दसैँ अनि तिहार,
हिन्दुको संस्कार छ यो अपार।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१९]
हजुर विना हरेक चाडपर्वहरू लाग्छ फिक्का,
कति बगाउनु प्यारा हरेक वर्ष आँसुकाे ढिक्का।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[२०]
आओस् यो वर्ष पनि दसैँ सँगै सबै घर दैलामा खुसी
केही कुराकाे अभाव नरहोस् सबैको भण्डार होस् झुसी।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[२१]
सबै नेपालीहरूले पर्वमा रमाई बाँच्ने
गई मान्यजनकाे आशिर्वाद लिएर साँच्ने ।
✍️ रामप्रसाद पुरी
वादेल, खाेटाङ
[२२]
भाँडभैलो भयो है हजुर दशैं तिहार पर्व,
गरिरहे नाफाखोर जत्था कमाउनुमै गर्व ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२३]
आयो  दशैँ खुशी लिएर
जान्छ  कित ? दु:ख दिएर ।
✍️ भेष कुमारी लामिछाने
देवदह ०५, खैरेनी, रुपन्देही ।
[२४]
किन आउछ दशँ पनि फर्की हरेक वर्ष,
गरिबका  घरमा  हुन्न कहिलै पनि हर्ष।
✍️ नवशिला
बेलबारी- २, लालभित्ती,मोरङ।
[२५]
फक्रेको फूल  ओइलायो घरमा  रगत छानेर
घर सम्झ प्यारा फर्कौला छिटै चाडपर्व मानेर ।
✍️ बाबुराम गौतम
गुल्मी
[२६]
दशैँले सबैमा खुसी ल्याओस् , कसैलाई दशा नबनाेस्
अग्रजकाे आशिष् पाई भविष्यकाे सुन्दर बाटो खनाेस्।
✍️ मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[२७]
बड़ा दशैँको खुशी यहाँ आयो
सबैको मनमा आनन्द छायो।
✍️ नीमा छिरिङ भोटिया
जलढाका, कालेबुङ
[२८]
जसको परिवार काेही विदेशमा हुन्छ
चाडपर्व आउँदामा सम्झेर मन रुन्छ।
✍️ सुशीला  शिखा
काठमाडौंँ, कागेश्वरी
[२९]
दशैँ हाम्रो सदा सर्वदा महान् रहाेस् पर्व,
रहेसम्म धरातल याे बढ्दै जाओस् गर्व ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[३०]
डाँडैको वरको चौतारीमा लिङ्गे पिङ पनि बाटौँला
परिवार सबै जम्काभेट भएर सद्भाव साटौँला ।
✍️ सरिता सेढाई
धादिङ
[३१]
टीका अनि जमराकाे केही महत्व हाेला ?
हाँसाे खुशी र उमङ्गले बित्न सकाेस् चाेला ।
✍️ जी.वि.चिन्तन
दाङ
[३२]
दशैँ आयो भन्छन् सबै तिहार आयो भन्छन्
निधारभरि रातो टीका र दक्षिणा गन्छन् ।
✍️ जेबी खत्री
इटहरी
[३३]
नवदुर्गा भवानीले सबैमा सद्बुद्धि दिलाऊन्,
विश्वभर हिँसाकाे बली छाेडि प्रेमले सिलाऊन् ।
✍️ निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
[३४]
दसैँ तिहारमा मनमा हर्ष उमङ्ग छाओस्
सम्पूर्ण जनमनहरूले सुख शान्ति पाओस् ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम, हाल भारतबाट ।
[३५]
हुने खाने हुँदा खाने सबलाई दसैँ छाओस्
थोरै खुशी जन जनमा थप्नेगरि आओस् ।
✍️ सागर आँसु
के.आई.सिंह ६ -डोटी
[३६]
संसारभरि नै फैलिरहोस् सदा सर्वदा सद्भावना
विजया दशमी दुई हजार असीको शुभकामना ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[३७]
महङ्गीको मारमा थिचिएर दशैँ मनाउँदा पनि
खुसी हुनु बाध्य छाैँ हामी सत्यकाे विजय भयाे भनी।
✍️ रश्मि रिमाल
झापा
[३८]
दशैॅको बेलामा इष्टमित्र भएर भेला
गाउॅ घरमा राख्छन् अति रमाइलो मेला।
✍️ नीता गुरूंग भाटिया
असम, भारत।
[३९]
भवानीको आशिर्वाद पाएर खुसी हुनु
समृद्धि र सफलताले शिखरमा छुनु।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[४०]
महान् चाड दशैँ अब घर घरमा आएको
जन जनको मनमा छ हर्ष खुसी छाएको।
✍️ रुपा गौतम
बारा, निजगढ
[४१]
संस्कार र परम्परा मान्नु पर्छ,
चाडपर्वले भएका पीडा हर्छ।
✍️ सुशीला पाैडेल
अर्घाखाँची, हाल काठमाडाैँ
[४२]
समय बितेको पत्तै भएन, दशैँ घर छेउमै आएछ
तल्लाघरे साइलोले दशैँलाई भनि खसी किनि ल्याएछ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४३]
सबैको मन खुसी तुल्याउँने गर्छ यो दसैँ
नसोची खर्च गर्दा पछि हिड्नु नपरोस् बसैँ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः अमेरिका, बोस्टन।
[४४]
आफ्नो गोजीमा दाम भए पो दशैँ हुन्छ दशैँ जस्तो,
रित्तो गोजी भएपछि हुदो रहेछ यो कस्तो कस्तो।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज- २० बाँके
[४५]
बितेर साल आइपुग्यो फेरि याे महान् चाड
मिलिजुली रमाउँदै आपसमा खुशी बाँड।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[४६]
दुई हजार असी सालको विजया दशमीको शुभकामना
सबै सबैमा शान्ति सुख समृद्धि ल्याओस् यहीं छ शुभ भावना।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[४७]
बिछोड नहोस् कसैको, मिलन होस् दशैँमा
स्नेहलाई ठाउँ मिलोस् , दुरी नहोस् कसैमा ।
✍️ नागेन्द्रप्रसाद यादव
दाङ
[४८]
जताततै रमाइलो छ दशैँ अाएर हाेला
जान्छ नै सबैलाई ऋणको बाेकाएर झाेला।
✍️ प्रेम कला चापागाईं ( सिटौला )
मेचीनगर १२ सहरेडागी झापा
[४९]
ओैकात अनुसार मनाउँ चाड भड्किलाे नगराैँ
मान्यजनबाट आशिष् थाप्दै सबैले सद्भाव भराैँ ।
✍️ एस वि प्रगति
प्यूठान
[५०]
मनमा सधैँ खुसी हर्ष र उमङ्ग छाओस् नराखाँ द्वेष भावना
विजया दशमी दुई हजार असीकाे सबैलाई शुभकामना।
✍️ भवानी पाेखरेल( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु
[५१]
दसैँ आउँदा परदेशीलाई सम्झी मन रुन्छ,
आफू मात्रै घरदेशमा सम्झेर औडाह हुन्छ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[५२]
दशैँ आयाे गाउँघर घमाइलो
टीका जमरा लाउँदा रमाइलो ।
✍️ रितु बुढाथोकी
उदयपुर, गाइघाट
[५३]
नेपाली मात्रको चाड यो वडा दशैँ मानौ हर्षोल्लासले
शक्ति प्राप्त होस् सबैकाे घरमा दुर्गे भवानीको बासले ।
✍️ चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
[५४]
हर्षका साथ मनाउनु दशैँ, झेल्नु नपरोस् कसैले दुख ,
सदा सर्वदा छाइरहोस् सबैलाई खुसियाली अनि सुख ।
✍️ बुद्धिमान दनुवार(सुरुङ्गेली कान्छो )
कनकाई ४, झापा
[५५]
सद्भावको चाड यो दशैँ आयो
हर्ष र उल्लास मनमा छायो ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
[५६]
भुल्नुहुन्न है दशैँ तिहार पसौँ घर  गाउँमा
आसिक लिदै मान्यजनको बसौँ एकै ठाउँमा ।
✍️ समुद्र
जल्जला ७, गण्डकी
[५७]
नवरात्रि पछि बडा दशैँ आयो
दुःख पिडा भुलाउने रङ्ग छायो।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[५८]
हार्दिक शुभकामना छ विजया दशमीको
सबैको होस् , शिरमा जमरा निधारमा टिको।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[५९]
पोखरा ।असत्यमाथि सत्यको न्याय अन्याय खातिर

विजयी लक्ष्यले आयो दशैँ लाै नमान्नु पिर ।
✍️ रामजी लामिछाने
पोखरा ।

[६०]
विजया दशमीको हार्दिक शुभकामना
माताले पुरा गरुन् सबैको मनोकामना।
✍️ बिके मुखिया
दार्जीलिङ, भारत।
[६१]
माहोल यही दसैँको हर्ष थप्ने होस् भन्ने भावना
सादा जीवन उच्च विचारका लागि शुभकामना।
✍️ प्रेम थापा “मन”
बागलुङ
[६२]
बडा दशैँमा हर्ष उल्लास छ सबैतिर
आशिर्वाद लिउँ दिउँ हटाेस् तनाव पिर।
✍️ कमला  देवकोटा
पाल्पा
[६३]
सबै पीर बिर्साउने बडा दशैेँ आयाे,
परिवारजनकाे मनमा खुशी छायाे ।
✍️ गोपाल कृष्ण डंगोल
इटहरी, प्रदेश १
[६४]
आउछ  दशैँ गाउँ  घर हँसाइ,
जान्छ दशैँ कठै, ऋणमा फसाइ ।
✍️ विवश पारदर्शी
झापा
[६५]
दशैँका नाममा भित्रिने विकृति, निरुत्साहन गरौँ
पिङ खेल्दै दशैँमा, साथीसङ्गी बिच आत्मियता छरौँ।
✍️ सुमिना तिमल्सिना
भक्तपुर
[६६]
मनाउनु पर्छ बडा दशैँ पिङ खेलेर
सानातिना समस्यासँग खुसिले झेलेर।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे
[६७]
टुक्कामा वर्णन गरौँ रसिला भावना
सम्पूर्णमा यो दशैँको छ शुभकामना।
✍️ अमृता रामदाम
भरतपुर, चितवन
[६८]
दशैँ आयाे दशैँ भन्दा हल्ला धेरै आयाे
रमाउने  युवालाई  विदेश  पठायाे ।
✍️ शम्भु गजुरेल
सिन्धुली
[६९]
ठुलाबडाको हातबाट टीका लाइन्छ
अग्रजव्यक्तीबाट आशीर्वाद पाइन्छ ।
✍️ रिता खराल
रूपन्देही
[७०]
दशैँ आयो घर घरमा खसी बाेका काट्ने
पिङ खेली एकापसमा खुसियाली साट्ने ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ वजार, हाल काठमाडौँ ।
[७१]
खुसी उमङ्ग बोकेर सबैको घरमा आओस्
कसैलाई पनि यो दसैँ दशा जस्तो नलाओस्।
✍️ हिमा आर.सी
मेहेलकुना सुर्खेत
[७२]
छरछिमेकमा गरौँ ऐँचो पैँचो सहयोगी भावना
दिँदैछु सबैलाई विजया दशमीको शुभकामना।
✍️ दुर्गा आचार्य
मोरङ
[७३]
नेपाली जन खुसीको लागि गर्नुछ सामना,
विजया दसैँ मनाऔँ सबै छ शुभ कामना ।
✍️ आर्त अकुलीन
कैलाली
[७४]
दुर्गाले देउन शक्ति हामीलाई गर्न सामना
सम्पूर्णलाई मैले दिन्छु दसैँको शुभकामना।
✍️ शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[७५]
बडादशैँ ! नपिरोस् कसैलाई,
खुशी मानौँ है साँच्चै यसैलाई।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[७६]
टीका र जमरा लगाउँदा राम्रो
सबै भन्दा ठुलो पर्व दशैँ हाम्रो ।
✍️ सञ्जना शर्मा
दाङ
[७७]
घरमा उमङ्ग नै छाओस् खुसीले पनि छाओस् हर्ष,
दशैँ  सबै  नेपालीहरुको  सुखद  बनोस्  यो वर्ष ।
✍️ विक्रम तिरुवा सलिन
जुम्ला
[७८]
महत्व टीका ,जमरा र आसिकको हो दशैँ पर्वको
भराउ मनमा सन्तोषले सोचौँ आफूलाई गर्वको।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[७९]
दसैँको  रमझम नेपालीको  घरमा  सुनामले आउने,
रातो टिका जमरा लगाई दिर्घायुको आशिर्वाद पाउने।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹
[८०]
एकापसमा मिलिजुली बस्ने रम्ने बनोस् भावना
बडा दशैँ असी सालको सम्पूर्णमा शुभकामना।
✍️ प्रदीप के रिमाल
इटहरी सुनसरी।
[८१]
आधुनिक दशैँ विकृतिको सन्देश
निहालेर हेर्नुस् त आफ्नै परिवेश।
✍️ बि.कुलुङ “रंगबुले”
भारत, दार्जिलिङ
[८२]
नौदुर्गा भवानीले हामी सबेैको कल्याण गरुन्
कुकर्मले भरिएकाहरू प्रति सत्बुद्धि भरुन् ।
✍️ रिना सापकाेटा
बारा
[८३]
असल कर्म, धर्म, सस्कृति, संस्कारलाई पछ्याउँ
आफ्नाे गच्छेमा हिन्दु नेपालीकाे चाड दशैँ मनाउँ।
✍️ रमा देवि बानिया
कटुन्जे, भक्तपुर ।
[८४]
दसैँ आयाे केही दिनमा लगाउने हाे टीका,
याे मन किन भइरहन्छ निरास र फिका।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक हाल काठमाडौँ
[८५]
वर्ष दिनमा  घुमेर आयो हाम्रो महान चाड
रमाउदै आपसमा खुसी र सद्भाभाव  बाँड।
✍️ दुर्गा भट्टराई
मोरङ
[८६]
तरेर गएपछि सात समुन्द्र पार,
परदेशीलाई के काे दसैँ के तिहार?
✍️ भुपेन्द्र राना मगर
धादिङ
[८७]
धनीलाई दिनकै दशैँ तिहार खान्छन् मासु
म अभागी  परदेशमा सधैँ  पिउछु आँसु।
✍️ प्रेम सुनार
दैलेख
[८८]
धनीलाई दशैँ आयो गरिबलाई चाहीँ दशा
बालबच्चालाई चढ्छ मिठो खाने लाउने नसा।
✍️ हीरा लामिछाने
पोखरा ।
[८९]
सबैकाे घरघरमा दशेँ आयाे
मनभित्र हर्ष र उल्लास छायाे।
✍️ सम्झना थापा मगर
स्याङ्जा
[९०]
सबको घरमा हुनेछ खुसी हराभरा
लगाउने होला दशैँमा टीका र जमरा।
✍️ रत्ना पुन मगर
रुकुम पश्चिम्
[९१]
दशैँमा अचेल पिङ देख्न मुस्किल भयाे
कृत्रिम छ सबै राैनकता हराई गयाे ।
✍️ शारदा चौलागाईं ‘चन्द्रा’
काठमाडौँ
[९२]
भड्किलो नहाेस् दशैँ हाम्रो उच्च हाेस् मनाेभावना
खुसीमा बिताेस् जीवन सबलाई शुभकामना।
✍️ इन्दिरा प्रयास
सानाेठिमी, भक्तपुर
[९३]
उन्नति प्रगति अनि सुस्वास्थको चाहना
सम्पूर्णमा दशैँकाे हार्दिक शुभकामना ।
✍️ तारा घिमिरे
सङ्खुवासभा
[९४]
हर्षोल्लासमय दशैँ नजिकियो, नेपाली जनको घर
जगेर्ना रीतिको रहोस् युगयुग, मरी लानु के पो छ र ?
✍️ यामनाथ आचार्य
पर्वत
[९५]
घर आँगन सजाउँदै बडा दशैँ आयो
सबैतिर हर्ष, खुसी र उमङ्गले छायो।
✍️ आर के भण्डारी
बझाङ
[९६]
रक्षा गर दुर्गामाता, देशमा शान्ति आओस्
यो दशैँमा नेपालीको मनमा हर्ष छाओस् ।
✍️ सावित्री अधिकारी
काठमाडौँ
[९७]
हुने खानेले बड़ा दशैँ भन्छन्
हुँदा खानेले दुःख पीर गन्छन्।
✍️ दीपक ठटाल जलन
खरसाङ।
[९८]
ठुलाबडाको आशीर्वाद लिँदै टीका थापिन्छ
विरोध  गर  डलरे  गर्दैमा  के  पो नापिन्छ।
✍️ गणेश नेपाली
बगनासकाली-१, बगनास,पाल्पा।
[९९]
यस्तै त आमा परदेशी जिन्दगी छाेरा सम्झि नरुनु
आँखाका आँसु एकान्तमा  गएर ती परेली नधुनु ।
✍️ दीपा शाही  रावत
कैलाली
[१००]
बडा दसैँले सबैको घर घरमा शान्ती छाओस्
शुभकामना छ सबैको तनमा उमङ्ग छाओस्।
✍️ इन्दिरा गाैतम
इटहरी
[१०१]
खुशी छर्दै आउँछ दशैँ र खुशी साट्दै बिदा गरौँ
आपसी भाइचाराले मानवताको सन्देश छरौँ ।
✍️ पद्मा काश्यप पाण्डे
पथरी मोरङ
[१०२]
दशैँ आयो निमुखा कसैका घरमा दुख दशा नआओस्
सबैलाई दुर्गा भवानी मान्यजनको आशिर्वाद लाओस् ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[१०३]
हर्ष र उल्लासले मनाउँ दशैँ पर्व
खुशी भई रमाएर गर्नु पर्छ गर्व ।
✍️ शशिश्री आचार्य
कुमारीगाल, काठमाडाैँ
[१०४]
ठुलाबाट थापिने टिका जमरा आशिर्वादले भरी
आयो दशैँ घरघर सबको हृदय प्रफुल्ल गरि ।
✍️ ईमान सिंह के.सी.
व्यास ९,धनुबासे तनहुँ
हाल नागार्जुन २, सुन्दरवस्ति,गैरिगाउँ
[१०५]
सपरिवार भेटाउने फेरि आयो नेपालीको चाडपर्व
उल्लासको साथमा सबै मिलेर सद्भाव बाड्दै मानौ गर्व।
✍️ शंकर कार्की
थाहा नगरपालिका ३, मकवानपुर
[१०६]
अभाव बीचमा दशैँ हैन, दशा लाग्दैछ
लालाबालाले नाना,पापा र चीची माग्दैछ।
✍️ इन्दु श्रेष्ठ
भरतपुर १४, चितवन
[१०७]
सबै निराश छन् छैन रसैको
तैपनि शुभ-कामना दशैको।
✍️ साँग्रीस मानन्धर मोती
क्याक्मी हटिया हरिनास ६ स्याङ्जा
हाल:- तिलोतमा ११ महुवारि, रुपन्देही
[१०८]
बाँझो छन् ती खेतबारी कुटो समाउ
ए परदेशी हो दशैँ बनेर आउ ।
✍️ मोहन तरामु मगर
गुल्मी नेपाल
[१०९]
कालो बादल फाटे सुन्दर बिहानी छायो
हर्ष र उमङ्गको चाड प्यारो दशैँ आयो ।
✍️ शुदर्शन शर्मा
सिरानचोक ३ गोरखा
हाल सेन्टर अफ्रिका।
[११०]
याे दशैँमा पूर्ण बनुन् सबै मनका चाहाना,
विजय उत्सवको सबैलाई शुभकामना ।
✍️ तोया नाथ चापागाईं
दमक, झापा, नेपाल
[१११]
घर आँगनमा दशैँ तिहार आयो ,
हर्ष उमङ्ग र खुसी मनमा छायो ।
✍️ कृष्ण धामी
बझाङ
[११२]
चाड पर्व पनि किन आउँछ म गरिबलाई?
हे घाँटी हेरी हाड निल्न भन्देउ समाजलाई ।
✍️ देव मगर
तिनाउ-१ कचल, पाल्पा
[११३]
यो दशैँ आयो खाउँला पिउँला रमाउला,
अर्को दशैँ मेरो लागि आउला नआउला।
✍️ तिमिल्सिना बिनाेद
धरान
[११४]
छोरा छ खाडीमा बुहारीले लाउछिन् नयाँ नयाँ साडी,
चाड पर्व शून्य भाे बुहारी नि हिँडिन् नातिलाई छाडी।
✍️ कर्ण ब मल्ल
प्रज्ञा बाल तथा बृद्ध मैत्रि सामुदायिक पुस्तकालय
शिखर न पा ४ डोटी
[११५]
नहोस् कसलाई दशैँ दशा खुसी आओस् मनमा
दुख हटेर सबै हर्षाेल्लासल छाओस् तनमा ।
✍️ सुरेश पाण्डेय
सुर्खेत
[११६]
हुनेलाई त  दशैँ  आयाे  नहुनेलाई दशा
गाउँकाे माया बाेकी रगत बग्छ नशा नशा।
✍️ राधिका अधिकारी
वालिङ स्याङ्जा
[११७]
फेरिपनि हाम्रो घर आगनमा दसैँ आयो
नेपालीहरूमा हर्ष,खुसी,उमङ्गले छायो ।
✍️ जीवन जैशी
अछाम हाल कैलाली
[११८]
अझै सम्झना छ, त्याे बाबाले किन्देको जामाको
आसिक र मायाको पोको, कठै मेरी आमाको ।
✍️ शरद ओझा ‘मेदिनीराज’
द न पा-४, बमरोडा
[११९]
हर्ष  र उमङ्ग छर्ने  दशैँ पर्व
संस्कृति धान्न पाउँदा लाग्छ गर्व।
✍️ पुकार कोइराला
काठमाडौँ
[१२०]
देखासिकी छाडि देउ अब हैसियत हेर
मान्यजनका आशिर्वादले आफूलाई बेर।
✍️ काेपिला अधिकारी
सिरानचाेक ७, गाेरखा ।
[१२१]
फेरि आयाे दशैँ नयाँ रस लिएर
बस्न नपराेस् कसैले आँसु पिएर।
✍️ खुनराज काेइराला
सिद्दलेक -३ गैरीगउँ, धादिङ
[१२२]
धनीहरुले त सधैँ मिठो खान्छ राम्रो लाउँछ
गरिबहरुलाई  दशैँ  दशा  बनेर  आउँछ ।
✍️ गोकुल सरल
अछाम
[१२३]
ठुलाको आशिर्वाद लागोस् दशैँकाे टीका जमरा माथमा
रिस घमण्ड हटेर मित्रता बढोस् आफन्तकाे साथमा ।
✍️ बाबुकाजी श्रेष्ठ
मन्थली १, रामेछाप
[१२४]
दशैँ पर्व आयाे नव दुर्गा भवानीकाे गर्दछु पूजा
कृपाहाेस् माताकाे अब त दुख नासियाेस् भएर धुजा ।
✍️ सविता पाण्डे
काठमाडाैँ
[१२५]
दशैँ भनि दशा पनि लाग्न सक्छ फेरी
धाँटि हेरि हाड निल्नु पर्ला यहाँ नेरी ।
✍️ शालिक राम दाहाल
चा न पा वडा ३, झाैखेल
[१२६]
दशैँ चाड सबैको आफू अनुकूल बनोस्
दुर्गादेवीको कृपाले सबै कष्ट दूर होस् ।