गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा यही मिति २०८० साल कार्तिक ४ गतेका दिन कवि शोभाकान्त गौडेलको ‘जनताको सिंहदरबार’ कविता सङ्ग्रह एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा कविता सङ्ग्रहमाथि प्रा.डा. जगन्नाथ रेग्मीले टिप्पणी गर्नुभएको थियो ।

डा. कालु शर्माद्वारा कवि गौडेलको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको उक्त कार्यक्रममा सङ्गमका सल्लाहकार रामराज रेग्मी, रघुनाथ अधिकारी, अधिवक्ता तिलक पराजुली, प्रकाशक लक्ष्मीदेवी गौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कवि शोभाकान्त गौडेलले स्रष्टाको मन्तव्य व्यक्त गर्दै आफूले गाउँको प्रकृति र गाउँलेकै सुखदुःखलाई समेटेर कविताहरू सिर्जना गरेको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. यादव शर्मा गौडेल, डा. श्रीकान्त खतिवडा, पीताम्बर नेपाली, कमल ढकाल, छवि सुवेदी, यादवचन्द्र भुर्तेल, त्रिभुवन शर्मा, महेन्द्रमान व्यथित, टेकनाथ भण्डारी, कलावती गौडेल, धनबहादुर नेपाली, वन्दना ढकाल, कृष्णमणि भुर्तेल, पद्मपाणि शर्मा, कृष्णप्रसाद शर्मा, डिल्लीप्रसाद ढुङ्गाना, नारायण परिश्रमी, राजेन्द्र पौडेल, सिर्जना ढकाल, निर्मल अधिकारी, निर्मल सापकोटा, गोविन्द तिवारी, रमा पौड्याल, स्ट्रगल राना, विष्णु भण्डारी, पवित्रा धिताल, सार्थक सुवेदी, ईश्वरमणि अधिकारी, यामबहादुर सुर्खाली, लक्ष्मण थापा, नुमराज बराल, नेपालप्रकाश अधिकारी, यादवराज उपाध्याय, विष्णुहरि अधिकारी, रुपिन्द्र प्रभावी ‘कटु’, सुकीर्तिसारा शर्मा, शिवानी धिताल, काजी गाउँले, बकसबहादुर लामिछाने, चन्द्रीदेवी शर्मा, अनन्त भण्डारी, कुलबहादुर गौडेल, श्यामकुमार शर्मा, विष्णुमाया पौडेल, हरिवल्लभ पौडेल, सिर्जना थापा लगायत छ दर्जन कवि–लेखक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा गण्डकी साहित्य सङ्गमका सचिव नारायण मरासिनीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सुरज उपाध्यायबाट र अध्यक्षता भीम रानाभाटबाट भएको थियो ।