शिक्षा क्षेत्रमा लामो समयदेखि अनवरत क्रियाशील शिक्षाकर्मी प्रज्वल कोइरालाको स्वरमा ‘मुसुक्क हाँस्दा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

युवा पुस्ताको प्रेमलाई समेटिएको गीतमा सपन घिमिरेको शब्द सङ्गीत रहेको छ । म्युजिक भिडियोमा प्रेम रसाइली र नग्मा श्रेष्ठले सुन्दर अभिनय रहेको छ ।

दाजुभाइ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुवास चन्द्र जोशीले एरेन्जर, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने कमला लामा र विनोद रञ्जितले कोरियोग्राफी गरेका छन्।

ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियोलाई के.एस. फोटोग्राफी स्टेसनका डाइरेक्टर पशुपति श्रेष्ठले निर्देशन सम्पादन र छायाङ्कन गरेका हुन्।
गायक कोइराला चाबहिलस्थित रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन्।