यात्रा  शुभकामना आदानप्रदान एवम् गजल यात्रा-४ को  विमोचन कार्यक्रम सम्पन्न भएको छ । गजल मञ्च मकवानपुरद्वारा गरिएको २०७ औँ गजल यात्रा  शुभकामना आदानप्रदान कार्यक्रममा गजल यात्रा-४ को  विमोचन गरिएको हो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष एवम् हेटौंडा वडा न. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि तुलसी घिमिरे र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल हुनुहुन्थ्यो ।

प्रमुख अतिथि सिग्देलले गजल मञ्चको कार्यक्रममा शुभकामना व्यक्त गर्दै भन्नु भो- “साहित्यले समाजलाई सकारात्मक परिवर्तन गर्नुपर्ने र अबको विकास भौतिक मात्र नभएर भाषा, संस्कृति र साहित्यको हुनुपर्ने कुरामा जोड दिँदै साहित्यले सबैलाई समेट्नु पर्ने उहाँको कथन थियो ।”

गजल मञ्चका उपाध्यक्ष सन्जित श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम मञ्चका सचिव हरि प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।

गजल यात्रामा मकवानपुरका गजलकारहरू श्याम बानियाँ, सुवास खनाल, पुरुषोत्तम आचार्य, श्रीराम अधिकारी, सुवास सजल अनिल कोइराला, तुलसी घिमिरे, केशव समर्पण  लगायतले आफ्ना गजल वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा साहित्य सङ्गमका अध्यक्ष डी.बी. बर्तौला, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव बहादुर पोखरेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तककार  सानू खनाल, मिथिला अधिकारी साथै अन्य साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।