काठमाडौँ, कार्तिक १ / बडादशैं २०८० आरम्भको अवसर पारी युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले देशविदेशमा रहेका सम्पूर्ण लेखक साहित्यकार, कला एवं संस्कृतिकर्मी र सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।
प्रतिष्ठानको शुभकामना वक्तव्यमा भनिएको छ, ” युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान देशविदेशमा रहेर नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको सेवामा समर्पित सम्पूर्ण नेपाली लेखक, साहित्यकार, कला एवम् संस्कृतिकर्मीहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा बडादशैं, तिहार, छठ र नेपाल संवत् ११४४ का अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । निराशा र अविश्वासका बादलहरू फाट्दै जाऊन्, आशा, खुसी र सफलताका दीपहरू प्रज्वलित भइरहन सकून् ।”
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्राप्तिका लागि राणाशासनदेखि नै कवितामार्फत आवाज बुलन्द गर्ने गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको स्मरणमा स्थापित स्मृति प्रतिष्ठान हो । कवि मिश्रको जन्म वि. सं. १९६४ पुस २७ गते भक्तपुरको सिरुटारमा भएको थियो भने मृत्यु २०४७ साल फागुन ६ गते ८३ वर्षको उमेरमा काठमाडौंमा भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।