वि.स. २०१३ सालको मदन पुरस्कार विजेता लेखक चित्तरञ्जन नेपालीको निधन भएको छ । सोमबार काठमाडौंको ओम अस्पतालमा ९२ वर्षको उमेरमा नेपाली निधन भएको हो ।
नेपाली लामो समयबाट श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए । चित्तरञ्जन नेपालीको खास नाम नारायणप्रसाद राजभण्डारी हो । राणाविरोधी आन्दोलनका लागि उनले आफ्नो नाम चित्तरञ्जन नेपाली राखेका थिए ।
वि.सं. १९८८ साउन १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा जन्मिएका उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो ।
इतिहासकारको परिचय बनाएका चित्तरञ्जनका ‘जंगबहादुरको कथा’, ‘केही कृति : केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरु’ लगायत पुस्तकहरू प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।