काठमाडौँ । डिल्लीराम अधिकारीको स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् । सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो संभावना देखाएका छन् ।
समसामयिक सामाजिक विषयवस्तुमा आधारित देशनरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ । भिडियोमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय रहेको छ । भिडियोको निर्देशन मौसम हमालले गरेका हुन् भने छायांकन बुद्ध थापाको रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ मंसिर २०८२, बुधबार 






