‘घोस्ट राइटिङ लघुकथा प्रतियोगिता’अन्तर्गत उत्कृष्ट ५० लघुकथा छनौट गरिएको छ । चालिस शृङ्खलासम्म साहित्यपोस्टमा सञ्चालित लघुकथा प्रतियोगितामा विजयी बनेको १ सय १८ लघुकथाबाट उत्कृष्ट ५० लघुकथा छानिएका हुन् ।

साहित्यकारहरू ध्रुव मधिकर्मी, डा. विदुर चालेसे र डा. शेखककुमार श्रेष्ठ सम्मिलित तीन सदस्यीय प्रारम्भिक छनौट समितिले उक्त ५० लघुकथाहरूको छनौट गरेको हो । विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक पक्षलगायत सबै किसिमले उत्कृष्ट ठहरिएका लघुकथाहरुलाई उत्कृष्ट ५० मा समेटिएको निर्णायकहरूले बताएका छन् ।

पहिलो चरणमा लघुकथा प्रतियोगिताको प्रत्येक शृङ्खलामा विजयी बनेका १ सय २८ लघुकथा तीन निर्णायकलाई जिम्मा लगाई उत्कृष्ट ५० को छनौट गरिएको प्रतियोगिताका प्रमुख निर्णायक श्रीओम श्रेष्ठ ‘रोदन’ले बताएका छन् । उनका अनुसार थप तीन जना लघुकथाका ज्ञाताहरूलाई उत्कृष्ट ५० लघुकथा जिम्मा लगाइने छ, र दोस्रो चरणमा उत्कृष्ट २५ लघुकथाहरूको सूची सार्वजनिक गरिने छ ।

त्यस्तै, उत्कृष्ट २५ लघुकथाबाट ‘वर्षका उत्कृष्ट १० लघुकथा’को छनौट गरिने छ, र उक्त १० लघुकथाबाट विशेष निर्णायक समितिले ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’को घोषणा गर्ने छ ।

४० सातासम्म चलेकाे प्रतियोगितामा हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर सर्वोत्कृष्ट तीनकाे घोषणासँगै ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइरालले जनाएका छन् । काेइराला भन्छन्, “प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । साथै, प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथामध्येबाट पनि ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का स्रष्टाहरूलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृतिहरू उपहार दिइनेछ ।”

यो लघुकथा प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म दुई सय बढी पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ ।

लघुकथा प्रतियोगितामा छानिएका उत्कृष्ट ५० लघुकथा तथा स्रष्टाहरूकाे नामावली (शृङ्खला–क्रमअनुसार) यस प्रकार छन् –

१. यायावर – धवन्तरी मिश्र ‘कात्यायन’

२. मायाको रुख – लता केसी

३. जबाफी कारबाही – चोपनारायण बन्जाडे

४. कुमारित्वको मूल्य – राजु क्षत्री अपूरो

५. नवदुर्गा – दिव्य गिरी

६. बौद्धिक चोरी – मनीषकुमार शर्मा ‘समित’

७. न्याय – गणेशप्रसाद भट्टराई

८. सिंहदरबार – गणेश नेपाली

९. रङ – इन्दिरा गौतम

१०. अछुत – शुक्रराज कुँवर

११. लख्मनियाको दु:ख – लक्ष्मीप्रसाद पौडेल

१२. मेरो बैँस – रचना शर्मा

१३. उमङ्ग – ममता मृदुल

१४. सपना – पर्शुराम घिमिरे

१५. आकाशवाणी – राजेन्द्र शर्मा

१६. मान्छे मरेछ – अवतार ढकाल

१७. खुसी – किशन पौडेल

१८. खुसी – अनु विज्ञाति

१९. सरोगेट मदर – इन्दिरा चापागाईँ

२०. मनसुन – जीवन दाहाल

२१. कुरो अर्कै रहेछ – मित्र ‘उराठी’ गौतम

२२. छोटको दिदी – मञ्जु मञ्जुभाषिणी

२३. अनुदान – गीता तिवारी

२४. धान दिवस – तारा खतिवडा

२५. अनुमति – विणा नेम्कुल

२६. भण्डाफोर – नन्दलाल आचार्य

२७. सपथ – अङ्कुर चन्द

२८. अनुमति – शोभा पोखरेल

२९. स्थायित्व – रामदेव पाण्डे

३०. धर्म र संस्कार – आचार्य प्रभा

३१. देवता: एक खोज – हिरा लामा

३२. निडर – निर्मल बराल

३३. प्रतिप्रश्न – शुभ शर्मा

३४. साँढेको जुधाई – रामजी चौलागाईँ

३५. चुराट – रेणु अधिकारी ‘मौनता’

३६. आ–आफ्नो ठाउँ – हरि गोविन्द भोमी

३७. युवा सहभागिता – ढाकामोहन बराल

३८. खेल – वसन्त अनुभव

३९. सिद्धान्त – ज्ञानीराज मानन्धर

४०. आमाको सराप – टङ्कबहादुर आलेमगर

४१. म – प्रेम पुन मगर

४२. जुत्ता संवाद – नरेश अमात्य

४३. पापी – डा. अमर कार्की

४४. माछेस्तम्भ र स्थानीय सरकार – कृष्ण ढुङ्गेल

४५. संस्कृति – रामप्रसाद धिताल

४६. पूजा – दीप मङ्ग्राती ‘निरीह’

४७. बाआमाको बिहे – राम्जी रानाभाट

४८. जिन्दगीको क्यानभास – डा. टिकाराम पोखरेल

४९. सडकको निसाफ – हरि आत्रेय

५०. स्वतन्त्रता – विष्णु एस राई