माधव पोखरेल, उदयपुर । उदयपुरको गाईघाटमा उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजनामा २०८० सालको वडा दशैं, दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रत्येक महिनाको अन्तिम शनिबार हुँदै आएको सो रचना वाचन कार्यक्रममा शारदाप्रसाद भट्टराई, हर्क नारायण श्रेष्ठ , सीमा कुमारी मास्के, महेन्द्र कुमार राई कुमार कोइराला , खिला घिमिरे, चन्द्रनारायण चौधरी, उद्धव घिमिरे, कीर्ति बहादुर खडका , विष्णु बहादुर खड्का, गोपाल हुँमागाई, तेजबिक्रम मल्ल, दिपैन्द्र राई, नविना राई, लक्ष्मी कुमारी घिमिरे , पासाङ लहामु शेर्पा लगायतका दुई दर्जन बढी साहित्यकारहरुले रचना वाचन गरेको थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको संचालनमा भएको सो रचना वाचन कार्यक्रममा स्रष्टाहरुले महंगी, भ्रष्टाचार का बारेमा सुन्दर कविताहरु वाचन गरेका थिए ।

उक्त कार्यक्रममा आगामी दिनमा संस्थाले जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाको समन्वयमा साहित्कि गतिविधिलाई अघि बढाउँदै साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रमलाई समेत प्राथमिकताकासाथ लैजाने भएको छ ।