मनोपरामर्शविद् तथा साहित्यकार खिमा रिजालको ‘अन्तर्मनका रङ्गहरू’ सार्वजनिक भएको छ । नेपालको मानसिक स्वास्थ्यको स्थिति, लक्षण, उपचार विधि उल्लेखित पुस्तक अन्तर्मनका रङ्गहरू राजधानीमा मानसिक स्वास्थ्य दिवसको अवसर पारेर सार्वजनिक भएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का नेत्री  एवम् पूर्व सांसद देवी खड्काले अन्तर्मनका रङ्गहरूले मान्छेका मनमा कस्ता खाले पीडा रहेका छन् भन्ने बोलेको बताइन् । उनले कुनै समय आफैँलाई समान्न नसक्ने स्थितिमा पुगेको बेला पनि उचित परामर्श पाएका कारण बाँच्नुपर्छ भन्ने स्थिति बन्न सकेको बताइन् ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा रिता श्रेष्ठले अन्तर्मनका रङ्गहरू पढिसकेपछि मानसिक स्वास्थ्यका बारेमा खुलेर बोल्न सक्ने भनाइ व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपालको मानसिक स्वास्थ्यको स्थिति, लक्षण, उपचार विधि उल्लेख गरिएको छ । जसका कारण उक्त पुस्तक उपयोगी हुने मनोपरामर्श अध्ययनकर्ता र अन्य सरोकारवालाहरू बताउँछन् ।

काठमाडौँ विश्वविद्यालयका डा. अजय रिसाल अहिलेसम्म मनोपरामर्शको सबै पक्ष समेटिएको पुस्तक नभएको सन्दर्भमा यस प्रकारको पुस्तक मनोपरामर्शको क्षेत्रमा सहयोग पुग्ने बताए ।

पुस्तकका लेखक खिमा रिजालले वन डढेको सबैले देख्छन् मन डढेकोको कसैले देख्दैन भने झैँ नेपालमा अहिले पनि मनोपरामर्शको अवस्था कमजोर रहेको बताए ।

मानसिक स्वास्थ्यको बारेमा नेपाली सन्दर्भ सामग्री अत्यन्तै न्यून रहेको हुनाले पुस्तक लेख्ने प्रेरणा मिलेको बताए ।