कवि एवं गीतकार रविन्द्र आशिष शैलीका कविताहरुको एकल संकलन हिँडिरहेका आँखाहरू प्रकाशित भएको छ । कृतिगत रुपमा यो उनको पाँचौ सङ्ग्रह हो ।

शैलीका माया महल (गजलसंग्रह), शैलीका गीतहरु (गीतसंग्रह) र मध्यान्तर (मुक्तकसंग्रह) प्रकाशित भइसकेका छन् भने केही गीति अडियो पनि प्रकाशित भएका छन् ।

हिँडिरहेका आँखाहरू कृतिमा कवि शैलीका समसामयिक जीवनका विविध भोगाइ, मानवीय संवेदना र यात्राक्रमका स्थलगत अनुभूति विषयमा लेखिएका ५७ वटा भावपूर्ण कविताहरु छन् ।

कठघरामा इतिहास, हिँडिरहेका आँखाहर, झोला, बाटोमै हरायो, वाइनाकूलर मन, चियाको चुस्की, नयाँ रामायण र बाल्मिकि, कागज ब्युँझन्छ, सुन्दर चित्लाङ्ग र चिथोर्छ उज्यालोले आदि अनुभूतिजन्य कविताहरु पाठकबाट विशेष मन पराइएका छन् ।

हिँडिरहेका आँखाहरुलाई सिर्जना अभियान समाज भक्तपुरले प्रकाशित गरेको हो ।