रमेश विकल अरूणिमा अन्तर-विद्यालय स्थलगत चित्र प्रतियोगितामा कुण्डलिनी स्कुलकी छात्रा शान्ति तामाङ प्रथम, साङ्ग्रिला पब्लिक स्कुलका छात्र निमा सोनाम ग्याल्मो द्वितीय र नवअरुणिमा माध्यमिक विद्यालयकी छात्रा अदिती श्रेष्ठ तृतीय भएका छन् ।

त्यस्तै, अरुणिमा शिक्षा सदन माविकी छात्रा डेस्ना बुढाथोकी र पाँच प‍ोखरी मोडल स्कुलकी अम्बिका तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रमुख अतिथि रमेश विकल साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति केके कर्माचार्यद्वारा शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको उक्त समारोहमा साहित्यकार तथा रमेश विकल साहित्य प्रतष्ठानका महासचिव विजय चालिसे, अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्राचार्य ईश्वरी लामिछाने, सभापति भीमानन्द ढुङ्गाना तथा आयोजक विद्यालयका अध्यक्ष गोपाल बराल, मूल्याङ्कन संयोजक कलाकार कृष्ण शाहलगायतले रमेश विकलको बहुमुखी व्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।