
साहित्यपोस्टले लेखक तथा साहित्यकारहरुलाई साहित्यपोस्ट (इ) दैनिकले नेपाली चलचित्र ‘महानगर’को विशेष शो गर्नेभएको छ । काठमाडौँ महानगरमाथि बनेको यो चलचित्रलाई निर्माण पक्षसँगको सहकार्यमा साहित्यकारहरुमाझ प्रदर्शन गर्न लागिएको हो ।
साहित्यपोस्टलाई प्रेम गर्ने अग्रज साहित्यकार, साहित्यपोस्टका स्तम्भकार, लेखक तथा शुभचिन्तकहरुमाझ दसैँको शुभकामना आदनप्रदानसहित चलचित्र ‘महानगर’ देखाउन लागिएको प्रधानसम्पादन अश्विनी कोइरालाले जनाएका छन् ।
‘समाज परिवर्तनका लागि सिनेमा र साहित्य’ भन्ने मुल उदेश्य राखी यसको मर्मलाई आत्मसात् गर्दै साहित्यकारमाझ चलचित्रको निशुल्क विशेष शो राखिएको चलचित्रको निर्माण पक्षले जनाएको छ ।
दसैँ शुभकामना आदनप्रदान कार्यक्रम तथा चलचित्रको विशेष शो प्रदर्शन असोज २९ गते (सोमबार) अपरान्ह ५ बजे ओस्कार इन्टरनेशनल कलेज, सुकेधारामा हुने छ ।
चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र हाे । चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको चलचित्रले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।
सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिएका छन् । चलचित्रमा साहित्य तथा साहित्यकारकाे समेत विशेष भूमिका रहेकाले पनि यो चलचित्र साहित्यकारहरूबिच प्रदर्शन गरिएकाे हाे ।
चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय रहेकाे छ भने नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पासङ्गमले सङ्गीत सिर्जना गरेका हुन् ।
चलचित्रका बारेमा थप जानकारीका लागि तलकाे लिङ्कमा जानुहाेस्ः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

