
कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो ‘द पोइट आइडल सिजन टु’को ग्लोबल डिजिटल अडिसन सुरू भएकाे छ । असोज १० देखि सुरू भएकाे ग्लोबल अडिसन कात्तिक १५ गतेसम्म सञ्चालन हुने पोएट आइडलका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले जनाएका छन् ।
यस कविता सम्बन्धी टेलिभिजन रियालिटी सोमा सहभागी हुन, अडिसनमा आफ्नो मौलिक सिर्जना (कविता) लाई मौलिक शैलीमा वाचन गरी उक्त वाचित कविताको भिडियो आइलडले ताेकेकाे मेलमार्फत् पठाउनुपर्नेछ । सो भिडियो आइडलको भाइबर, ह्वाट्सएप, इमेल वा म्यासेन्जरमा समेत पठाउन सकिने आइडलले जनाएको छ ।
कविले पठाएको कविता कवि स्वयम्को मौलिक वा सिर्जनामा नभएमा कार्यक्रमबाट निष्कासन गरिने आइडलले जनाएको छ ।
भिडियो कविता thepoetidol@gmail.com वा ९८०८११६६४४ मार्फत पठाउनु पर्नेछ । कवितासँगै कविको नागरिकताको प्रतिलिपिसमेत अनिवार्य रूपमा पठाउनु पर्नेछ ।
कवितामा कम्तीमा ७५ प्रतिशत नेपाली भाषाको प्रयोग भएको हुनु पर्नेछ भने २५ प्रतिशत अन्य जुनसुकै भाषाकाे प्रयोग गर्न सकिनेछ । ग्लोबल अडिसनमा सहभागी हुन १८ वर्ष पूरा भएको वा सोभन्दा माथिको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
‘द पोइट आइडल सिजन वान’मा भारतको सिक्किम निवासी कवि निलम गुरुङ विजेता बनेकी थिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘द पोइट आइडल सिजन टु’को ग्लोबल अडिसन सुरू, यसरी पठाउनुहोस् कविता
