उपन्यासकार अन्जना पौडेलको चौथो कृति उपन्यास ’चरिमाई’माथि अन्तरक्रिया गरिएको छ । नवलपुरको गैंडाकोटमा रहेको द नारायणी रिसोर्टमा एक कार्यक्रमका बिच पुस्तकमाथि अन्तरक्रिया गरिएको हो ।

यसअघि कथा, कविता ,गीत, हाईकु र मुक्तकमा कलम चलाउँदै आएकी पौडेलको चरिमाई पहिलो उपन्यास हो ।

नेपाली लेखक संघ चितवन शाखाको आयोजनामा द नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा शान्ति शर्मा र गणेश श्रमणले पुस्तक बारेमा समीक्षात्मक टिप्पणी राखेका थिए भने उदय अधिकारी, केदारनाथ खनाल, बालकृष्ण थपलिया, अनन्त ढुंगाना, सुरेन्द्र अस्तफल, धर्म सापकोटा राजुले पुस्तकले समेटेको विषयवस्तुको चर्चा गर्दै लेखकलाई केही जिज्ञासा राखेका थिए ।

उक्त क्रममा वक्ता शान्ति शर्माले चरिमाई राणा कालदेखि नै चेलीबेटीप्रति गरिने दुर्व्यवहारको बारे व्याख्या गरिएको बताइन् । उपन्यासमा नारीहरू पटक पटक बेचिदा भोग्नु पर्ने पीडाबारे व्याख्या गरिएको र अर्कोतिर आफ्नो सन्तानलाई पनि त्यहीँ पेसामा ल्याउनु परेको बाध्यताबारे पनि लेखिएको शर्माले बताइन् ।

नुवाकोट धादिङ हुदै सिन्धुपाल्चोक घुम्न जाने क्रममा देखिएका र सुनेका कुराहरुलाई गहिरो अनुसन्धान गरेर चरिमाई उपन्यास लेखेको लेखक पौडेलले बताइन् ।