हेटौंडा । ज्याेति माध्यमिक विद्यालय हेटौँडामा हर्नामाडीमा आँचल साहित्य कला पुञ्ज मकवानपुरको मासिक भेटघाट तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाकाे अध्यक्षता तथा ज्याेति माध्यमिक विधालयका अध्यक्ष हर्कबहादुर रम्तेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
‘मुक्तक कसरी लेख्न सकिन्छ ?’ भन्ने विषयमा साहित्य संगम मकवानपुर तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्ताैलाले प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्नुभएको थियाे भने कुमार महत, अनिष मङ्ग्रान्ती, लालचन्द्र प्रजा, पवित्रा घलान, राधा बि.क., अनु राेक्का, स्वस्तिका दाहाल, रजनी पाैडेल, निर्मला व्लाेन, निरा शर्मा , सानुभाइ विश्वकर्मालगायतले रचनावाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, युग दर्पण साहित्य समाज हर्नामाडीका अध्यक्ष ओमभक्त भण्डारीले मन्तव्यसहित रचना वाचन गर्नुभएकाे थियाे ।
आँचलले आगमी दिनहरूमा पनि यस्तै गाउँ केन्द्रित तथा विधागत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने संस्थाकी सचिव सविता तिमल्सिनाले बताउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।