बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कार्यक्रम अन्तर्गत विजया दशमीको पूर्वसन्ध्यामा जुम प्रविधिमार्फत् विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।
समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ हुनुहुन्थ्यो ।

उक्त कवि गोष्ठीमा कविता वाचन गर्ने कविहरुमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल कार्की, देवकी खतिवडा, अनु खड्का, गंगा अभिलाषी (अमेरिका), सीता अधिकारी, सरिता तुलाधर (विराटनगर), सीता विष्ट कार्की, श्रीराम छेत्री, उर्मिला पन्त पाण्डे, गंगा पौडेल (अमेरिका) लगायत हुनुहुन्थ्यो ।

वाचित कविताहरुमाथि समीक्षक डा. शैलजा पोखरेलले सटिक टिप्पणी गर्नुभएको थियो । वाचित कविताहरुको मुल मर्म र उद्देश्यको तहसम्मै पुगेर गरिएको समीक्षात्मक टिप्पणी अत्यन्त सारगर्भीत पनि रहेको थियो ।

समाजका उपाध्यक्ष श्रीराम छेत्रीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर नौका वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले कार्यक्रमको सफलताको कामना गर्दै बूढानीलकण्ठ साहित्य समाजकै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तव्य प्रकट गनुॅ भएको थियो भने डा. अर्पणा पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार सुधा मैनालीले गर्नुभएको थियो ।