निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथनमा आधारित पुस्तकमा विज्ञापन व्यवसायी पौडेलले भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएका छन् ।
लेखक पौडेलले पुस्तकको पहिलो प्रति सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि पुस्तक सार्वजनिक गरेका हुन् ।
घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले पहिलेको काठमाडौं उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन् । पुस्तकमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।
विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्ष रहेर काम गरिसकेका पौडेलले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथा पनि समेटेका छन् ।
व्यवसायका सिलसिलामा करिब ६०० भन्दा बढी विज्ञापन निर्माणमा काम गरेको अनुभव साट्दै उनले पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि प्रसंग उठाएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।