थापागाउँमा रहेकाे मण्डला नाटकघरमा ‘ब्युँझिएको सिरानी’को मञ्चन सुरू भएको छ । असोज १६ गतेबाट मञ्चन सुरू भएको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई केन्द्रमा राखिएकाे छ।

नाटकले मानसिक दुर्बलतामाथि उत्कृष्ट अभिव्यक्तिमार्फत् मौनता तोड्ने प्रयास गरेको छ।

कलाकार तथा कोरियोग्राफर जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘ब्यूँझिएको सिरानी’ मा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतको अभिनय रहेको छ।

अनिल सुब्बाको कला निर्देशन गरेको नाटकमा झुमा लिम्बुको संगीत संयोजन रहेको छ ।

नाटक असोज २८ गतेसम्म (सोमबारबाहेक) हरेक साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।