यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई प्रदान गरिएकाे छ । नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको ठहर गर्दै नोबेल पुरस्कार समितिले साहित्यतर्फको पुरस्कार फोसलालाई दिने निर्णय गरेको हो ।

६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेमलगायत नाटकहरू लेखेका छन् ।