कवि मीनबहादुर विष्टका कवितासङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यो सङ्ग्रहमा आधुनिक नेपाली समाजका विविध पाटाहरू उजागर गर्ने ६४ थान कविताहरू समावेश गरिएका छन् ।

‘साला पहाडमें क्या है’ विष्टको बहुचर्चित कविता हो । कविता लेखनकाे लामो समयपछि उनले आफ्नो चर्चित कविताशीर्षकलाई कृतिका रूपमा लिएर आएका हुन् । यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ ।

पश्चिम नेपालको प्युठानमा २०११ सालमा जन्मिएका कवि मीनबहादुर विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् ।

आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागी हुन् ।