साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई मेहनती र अध्ययनशील चिकित्सक डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला जानकारीमूलक उपयोगी र महत्त्वपूर्ण पुस्तक “स्वास्थ महिला : महिला स्वास्थ्यसम्बन्धी जानकारी” प्राप्त भएकाे छ ।
यसमा ‘यौवन अवस्था’, ‘तल्लो पेटमा डल्लो आउने समस्या’, ‘आङ खस्ने समस्या’, ‘कुमारीत्व’, ‘योनि सङ्कुचन’, ‘अपरसेन पूर्वको हेरचाह’, ‘इम्प्लान्ट’ आदि ५९ महिला स्वास्थको सरोकारसम्बन्धी लेखहरू समावेश छन् ।
“नेपालमा स्वास्थ्यसम्बन्धी अधिकतर पुस्तक अङ्ग्रेजी भाषामा छन् । प्रसूति अर्थात् गर्भवतीसम्बन्धी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने नेपाली भाषामा छँदै छैन भने पनि हुन्छ । यस्तैमा महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो छ ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “यौवनावस्ताथ, किशोरावस्थादेखि कुमारीत्व, महिनावारी गडबडी, डिस्मेनोरिया, इन्डोमेट्रिओसिस, निःसन्तान, महिलामा हुने सबै खाले क्यान्सर, पिसाब चुहिने समस्या, आकास्मिक गर्भ निरोध, परिवार नियोजनका साधनका भ्रम र यथार्थ, महिलामा गरिने विभिन्न इन्डोस्कोपीजन्य प्रविधि एवम् शल्यक्रियाका लागि गर्नुपर्ने तयारीबारे पुस्तकले सविस्तार सरल भाषामा वर्णन गरेको छ । तेस्रो लिङ्गका विविध पाटोलाई पनि लेखकले स्थान दिएका छन् । विषयवस्तुका हिसाबले प्रत्येक घरमा सङ्ग्रह गरेर राखिनुपर्ने पुस्तक हो यो ।”
भूमिकामा प्रा. डा. चन्दा कार्की लेख्छन्, “‘स्वस्थ महिला’ नामक पुस्तक प्रकाशनमा ल्याई सर्वसाधारणलाई सूचना एवम् ज्ञान प्रवाह गर्न गरिएको यो प्रयास यस दिशामा ज्यादै महत्त्वपूर्ण कदम भएको छ । यस पुस्तकमा प्रकाशनले चिकित्सक एवम् सबै स्वास्थकर्मीलाई धेरै ठूलो प्रेरणा मिल्नेछ भन्ने कुरामा म विश्वस्त छु । यस पुस्तकमा लेखकज्यूले महिला स्वास्थ्यसम्बन्धी जानकारीलाई सरलताका साथ बयान गर्नुभएको छ ।”
पुस्तकलाई विरिडले प्रकाशनमा ल्याएको हो । २ सय ४५ पृष्ठमा बुनिएको यस पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।