नेपाली सुगम सङ्गीतकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित खातीको मङ्गलबार राति भारतको सिलगढीमा निधन भएको हो ।
करिब डेढ सय बढी नेपाली गीत गाएकी दिलमायाको ८४ वर्षको उमेरमा निधन भएको हो ।
उनी सन् १९३९ अक्टुबर ६ तारिखमा दार्जीलिङमा जन्मिएकी हुन् । दिलमायालाई ‘मेलोडी मुन’ भनेर पनि चिनिन्छ ।
खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। उनका ‘बिछोडको पीड नसकी खप्न दसैँको बेलामा’, ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन’, ‘खोलाको दुई किनारा भयो तिम्रो र मेरो पिरती’ लगायत गीतहरू चर्चित छन्।
उनी देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल सङ्गीत पुरस्कारबाट सम्मानित भएकी थिइन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला