वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ प्रकाशनमा ल्याएका छन् । आवरण प्रकाशनले प्रकाशित गरेको सवाईवल नोटमा मनोचिकित्सा, दर्शन र ग्रामीण विम्बले भरिएका ४१ शीर्षकका कविताहरू सङ्ग्रहित छन् ।
कृति समीक्षा गर्दै साहित्यकार डा. गीता त्रिपाठीले सर्वाइवल नोटका कविताले मान्छेलाई जीवन के हो र कसरी जिउनु पर्छ भन्ने पाठ सिकाएको बताउनु भयो ।
काठमाडौं विश्व विद्यालयका रजिष्ट्रर वरिष्ठ पत्रकार डा. अच्युत वाग्लेले कवि अधिकारी पहिल्यैदेखि नै सिर्जनशील र मेधावी भएकाले नै कविताको किताब निकाल्न सक्षम भएको दावी गर्नुभयो ।
लोकप्रिय कलाकार तथा साहित्यकार मनोज गजुरेलले सहज जीवन जिउन चाहनेका लागि सर्वाइवल नोट ओखती भएकाे बताउनुभयो भने लोकप्रिय सङ्गीतकार तथा कृतिकारका दाजु सुरेश अधिकारीले कृतिकारका अनन्त अनुभूति सुनाउँदै डा.सावले कुलको गौरव बढाएको बताउनुभयो ।
पुस्तक लोकार्पण समारोहमा काभ्रे जिल्लाका साहित्यकार, शिक्षासेवी, समाजसेवी र राजनीतिज्ञको बाक्लो उपस्थिति थियो ।
१२४ पृष्ठको कृतिको मूल्य ३०० रुपैँया रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।