साहित्यकार नारायण ढकालको निबन्धसङ्ग्रह ‘अन्तिम पात’ बजारमा आएको छ । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा बाँडिएको यस सङ्ग्रहमा ढकालले २०५७ सालदेखि २०७९ सालसम्म लेखेका विविध निबन्धहरू समेटिएका छन् ।

यस सङ्ग्रहमा ढकालले २२ वर्षभित्र लेखेका २२ वटै निबन्ध सङ्ग्रहित छन् । पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध सङ्गृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्धलेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ढकालले बताएका छन् ।

‘अन्तिम पात’का निबन्धहरूमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत भएको प्रकाशन संस्था बेला पब्लिकेसन्सले जनाएको छ ।

‘अन्तिम पात’ उनको उन्नाइसौं किताब तथा तेस्रो निबन्धसङ्ग्रह हो ।  यसअघि उनका सात कथासङ्ग्रह, पाँच उपन्यास, तीन निबन्धसङ्ग्रह, दुई बालकथासङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छन् ।